लाइसेन्स परीक्षामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अञ्चल यातायात कार्यालय नेपालगन्जका १६ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले कार्यालय प्रमुख उपसचिव पवन सुवेदीसहित अधिकृतहरू सीताराम खनाल, डेकराज पोखरेल, विष्णु साहनी र ध्रुव देवकोटाविरुद्ध मुद्दा दायर गरेको हो ।