पछिल्लो समय चर्चित र्यापर जी बब (सुदीप भण्डारी) फेरि एकपटक चर्चामा छन् । जी बब र उनका आमाबुवाले एक–अर्काविरुद्ध उजुरी दिएको विषय यतिबेला ‘हट केक’ बनेको छ । विवादको केन्द्रमा र्याप गायन आयोजक कम्पनी अल नेपाल थग फेमिली (एएनटीएफ) रहेको छ । एएनटीएफले आफ्नो छोरालाई बन्धक बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा शुक्रबार जी बबका आमाबुबाले उजुरी दिएका छन् । यता बुवा–आमाको उजुरीपछि आफ्नो मानहानि भएको र पूर्ण रूपमा स्वतन्त्रता चाहिएको भन्दै जी बब