प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दामा सनुवाइका लागि पेशी तोकिएको छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा आज सुनुवाइका लागि पेशी तोकिएको हो । उक्त मुद्दाको पेशी कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद फुँयालको संयुक्त इजलासमा तोकिएको छ ।

सम्बन्धित सामग्री

बालकृष्ण खाँणलगायतको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतले दायर गरेको रिटमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध खाँणसहित १६ जनाले संयुक्त  निवेदन दिएका थिए। यसअघि पटक–पटक पेसीमा चढे पनि यो मुद्दाको सुनुवाइ हुन सकेको छैन […]

पल शाह मुद्दामा आज सुनुवाइ हुँदै

न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा नवलपुर जिल्ला अदालतमा यो मुद्दामा सुनुवाइ हुँदैछ ।

आइजी नियुक्ति विवाद मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिट सुनुवाइ आज हुँदैछ। पटक पटक हेर्दाहेर्दैमा राखिएको सुनुवाइ असार १३ गते पनि हेर्दाहेर्दैमा राखिएको थियो। आज सुनुवाइको पेशी कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ। उक्त मुद्दामा वैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको…

आईजीपी विवाद मुद्दामा आज चौथो सुनुवाइ हुँदै

काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा चौथो पटक सुनुवाइ हुन लागेको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको […]

आईजीपी बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, जेठ ३० । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदैछ । सरकारले धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि अदालत पुगेको विवादको सुनुवाइ आज हुने भएको हो । धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गते आजका लागि पेसी तोकिएको थियो । यसअघि विपक्षीका नाममा म्याद तामेल हुन नसक्दा पूर्ण सुनुवाइ हुन […]

आईजीपी बढुवा विवाद मुद्दामा सुनुवाइ हुँदै

प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदैछ । धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो । सरकारले पहिलो वरियतामा रहेका एआईजी विश्वराज पोखरेललाई महानिरीक्षक नबनाई तेस्रो वरियता क्रममा रहेका सिंहलाई आईजीपी बनाएपछि यो विवाद अदालतमा पुगेको थियो । यसअघि विपक्षीका नाममा म्याद तामेल हुन नसक्दा पूर्ण सुनुवाइ हुन सकेको थिएन । नियमित पेसी अन्तर्गत जेठ १७ गते न्यायाधीशद्वय विश्वम्भ

आईजीपी बढुवा विवाद मुद्दामा सुनुवाइ हुँदै

प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदैछ । धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो ।

एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैर कानुनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा आज (आइतबार) सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतमा पटक पटक पेसी चढेर हेर्न नभ्याइनेमा परेको सो मुद्दा आज न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार रेग्मीको […]

आलमको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदैछ । आलमको मुद्दामा आज न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आज पेसी तोकिएको छ । २०७० सालको आम निर्वाचनका बेला आफ्नो निर्वाचन क्षेत्र रौतहटमा ज्यूँदै मानिसलाई इँटा भट्टामा जलाएको आरोप उनीमाथि छ । उच्च अदालत पाटनको आदेश अनुसार आलमलाई थुनामा […]

संसद् विघटनविरुद्धको मुद्दामा सुनुवाइ आज, नयाँ न्यायाधीश चयन गर्ने सम्भावना

काठमाडौँ । संसद् विघटन विरुद्धको मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । संवैधानिक इजलासमा विवाद आइ रोकिएको सुनुवाइ आजको लागि सारिएको थियो । आजै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सुनुवाइ गर्न वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने तयारी पनि गरेका छन् । सम्भवतः आजै नयाँ संवैधानिक इजलास गठन हुने छ । […]