रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले रुसलाई युक्रेनमा युद्धमा तान्न खोजेको आरोप लगाएका छन् । युक्रेनमा जारी पछिल्लो टकरावलाई रुसमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा अमेरिकाले प्रयोग गर्न खोजेको उनको दाबी छ । अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारे रुसको सुरक्षा चिन्तालाई बेवास्ता गरिरहेको पुटिनको भनाइ छ ।