श्रीलंकाको बाटोमा ?

तीन–तीनदिने भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री देउवाले भारतसँग नेपालको व्यापार घाटाका विषयमा मोदीसँग चर्चासम्म गरेको थाहा भएन । उनलाई व्यापार घाटाको बारेमा थाहा भएन वा छिमेकीका पार्टी अफिस र मन्दिर धाउने धुनमा अरू सबै मुद्दा बिर्सिए । कि यो तीर्थाटन हो, भिक्षाटन हो वा राष्ट्र प्रमुखको भ्रमण हो भन्ने भेद बिर्सिए जस्तो छ । कोरोनाकालमा सुक्खा भएको मौसम होटल, पार्टी प्यालेस खुलेसँगै र अनलाइन डेलिभरीसमेत हुन थालेसँगै मदिरा उपभोगमा देशमा आत्मनिर्भरता बढ्दो छ । अब हामी तरलताले टिल्ल भएर आत्मनिर्भरताका विषयमा थप गम्भीर बहस गर्न सक्ने भएका छौं । दूध उम्लिएर भाँडा बाहिर गएसरी मूल्यवृद्धि जनताको क्षमता बाहिर गइसक्दा पनि ढुकुटीको ताल्चासाँचो हातमा लिएका अर्थमन्त्री मस्त निद्रामा छन् कि क्या हो ? संकटका बारेमा चुँसम्म बोलिरहेका छैनन् । प्रचण्डले उनलाई अर्थमन्त्री बनाएको उनले थाहा पाएकै छैनन् कि क्या हो ? उनलाई अर्थ मन्त्रालय पार्टी कार्यालय जस्तो लागिराको पो हो कि ? अर्थमन्त्रीलाई आफ्नो घर र अफिसमा माक्र्स र लेनिनको सट्टा विश्व बैंक र एडीबीका प्रमुखहरूको फोटो राख्न कसैले सुझाव दिनुपर्ला जस्तो छ । किनकि यदि यी बैंकहरूले ऋण नदिने हो भने नेपालले कहाँबाट ल्याएर काम चलाउँछ खै ! यो वर्षको ८ महीनामै नेपालको व्यापार घाटा झन्डै १२ खर्ब पुगेको छ । र, यो वर्षको अन्त्यसम्ममा १८ खर्बजति पुग्ने देखिन्छ । चालू खाता घाटा ४ खर्ब, भुक्तानी सन्तुलन अढाई खर्ब घाटा । यता, बजेटको विकास खर्च भने मुश्किलले २५ प्रतिशत मात्र छ । राष्ट्र ऋण जीडीपीको ५० प्रतिशत पुग्न लागेको छ । विप्रेषण घटेको छ । वैदेशिक ऋण पनि लक्ष्यको २५ प्रतिशत मात्रै भित्रिएको जस्ता तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ । यसरी देश आर्थिक रूपमा भड्खालोमा पर्न लागिसक्ता पनि खास कोही केही बोल्दैनन् । पहिले पहिले त आत्मनिर्भर आत्मनिर्भर भन्थे । होइन के भएछ यो आत्मनिर्भरको नारालाई भन्ठानेको त आत्मनिर्भर नै एक ठाउँबाट अर्को ठाउँतिर सरिसकेछ जस्तो छ । हिजोआज त सरकार गठबन्धनका अर्थशास्त्रीहरू, गठबन्धन बाहिरका अर्थशास्त्रीहरू र विपक्षीहरू फेसबुक र ट्वीटरमा गालीगलौजमा पो आत्मनिर्भर भइसकेका रहेछन् । हाम्रा वरिपरि यस प्रकारका स्वावलम्बीहरूको लामै सूची छ । समाज र व्यवस्थामा धेरैजसो आत्मनिर्भरहरू परजीवी छन् । तर परजीवी हुनु नै उनीहरूको आत्मनिर्भरको पहिलो मन्त्र होला शायद । यो आत्मनिभर्रताको मन्त्र समय फेरिएसँगै नयाँ नयाँ रूपरंगमा आउन थालेको छ । कहिलेकाहीँ स्वाँगहरूले पनि आत्मनिर्भरता हासिल हुन्छ । जस्तै– नेपालले गत ८ महीनामा डेढ खर्बको वस्तु निर्यात गरेको भने पनि ती वास्तवमा नेपालमा अत्यन्त कम मूल्य अभिवृद्धि (भ्यालूएड) भएका वस्तुहरूमा रिप्याकेजिङ गरेर निर्यात भएका हुन् । तर, निर्यात त भएकै देखिन्छ त । यसरी जानी जानी आँखा नदेख्नेजस्तो गर्दा पनि त हामी आत्मनिर्भर भएको देखियो नि । यसरी हाम्रो समाजले कतिपय विशेष क्षेत्रमा खास किसिमका आत्मनिर्भरता हासिल गरेको छ । भलै ती राम्रा वा नराम्रा जुनसुकै क्षेत्रका किन नहुन् । आत्मनिर्भरता त आत्मनिर्भरता नै हो नि । जस्तै, यदि हामीले पाकेटमारलाई निकम्मा भन्यौं भने त यो उसको आत्मनिर्भरताको कौशलको अपमान हुन्छ नि । किनकि सरकारले जनतासँग पाकेट मार्दा ठीक हुन्छ भने पाकेटमार नै पेशा गर्नेले पाकेट मार्दा कसरी बेठीक भन्न मिल्छ त ? हाम्रो शासनतन्त्रमा भ्रष्टाचार, कमिशनखोरी र नकारात्मकता जस्ता कुराहरूमा आत्मनिर्भरता गहिराइसम्मै जरा गाडेर बसेको छ । सर्वसाधारणहरू दिनरात यिनै कुराहरूमा त अनुलोम विलोम गरिरहेका छन् नि । यदि तपाईं कुनै काममा सफलता चाहनुहुन्छ भने कुनै हालतमा पनि आत्मनिर्भरताको यो गल्लीबाट हिँड्नैपर्छ । तपाईं सीधा त्यहाँ पुग्नै सक्नुहुन्न । किनकि यदि तपाईं आदर्शवादी हो, या सभ्य बन्न चाहनुहुन्छ भने आत्मनिर्भर हुनै सक्नुहुन्न । यदि आत्मनिर्भर बन्न चाहनुहुन्छ भने सभ्य बन्नै सक्नुहुन्न । त्यसैले बुद्धिमानीको परिचय दिँदै आत्मनिर्भरताको गल्लीको प्रयोग गरौं । माहामारी काल होस् वा सामान्य अवस्था, समयले हामीलाई कुनै नयाँ अवसर लिएर आएकै हुन्छ । आम चुनावका बेला त झन् भ्रष्टाचारमा आत्मनिर्भर हुन चाहनेका लागि त यो सुनौलो मौका नै हो । त्यसमा पनि कोरोनाकालमा सुक्खा भएको मौसम होटल, पार्टी प्यालेस खुलेसँगै र अनलाइन डेलिभरीसमेत हुन थालेसँगै मदिरा उपभोगमा देशमा आत्मनिर्भरता बढ्दो छ । अब हामी तरलताले टिल्ल भएर आत्मनिर्भरताका विषयमा थप गम्भीर बहस गर्न सक्ने भएका छौं । त्यसो त सबैजना देशलाई आत्मनिर्भर बनाउने भनेरै राजनीति गरिरहेका छन् । विपक्षमा हुँदा देशलाई सुनको चरा बनाउने भन्छन् । सरकारमा पुग्नासाथ आत्मनिर्भरको परिभाषा बदलिँदो रैछ । अनि कचौरा थाप्नेतिर लाग्दा रहेछन् । कचौरा थापेर ल्याएको सामल तुमलबाट पहिले आफै आत्मनिर्भर बनौं भन्ने लाग्दो रैछ । यसरी जसलाई हामीले देशलाई आत्मनिर्भर बनाउन भनेर सत्तामा पठाएका थियौं, ती सबै सबै आआफूू आत्मनिर्भर बन्नतिर पो लागेछन् । त्यसैले होला यहाँ नामी देशभक्त भनिएकाहरू पनि आत्मनिर्भरताका नाममा सबै थोक निजी बनाउनमै बिजी भएछन् । त्यसैले देश आत्मनिर्भरताको बाटोमा नभै श्रीलंकाको बाटोमा चैं गैरहेको पो देखिन्छ त । विज्ञहरूका अनुसार त सरकारले समयमै समस्या समाधानमा विज्ञहरूको सुझाव लिएर कदम चालेन भने नेपालको स्थिति श्रीलंंकाको भन्दा पनि खराब हुन सक्छ । तर यहाँ त आत्मनिर्भरता कसरी आउँछ भन्नेमा पनि मत–मतान्तर छ । कोही भ्यूटावरबाट देश आत्मनिर्भर हुन्छ भन्ठान्दा रैछन्, कोही डोजरबाट । कोही दुई तिहाइ भए मात्र हुन्छ ठान्दा रैछन् । कोही चैं गठबन्धनले मात्र देशलाई आत्मनिर्भर बनाउँछ भन्ने सोच्दा रैछन् । कोही गठबन्धन भत्काउँदा आत्मनिर्भर हुन्छ भन्दा रछन् । तर, केले आत्मनिर्भरताको बाटोमा पुर्‍याउँछ भनेर म रनभुल्लमा छु । यो कुरा बुझ्न नसकेर मेरो हालत त्यो विद्यार्थीको जस्तो भएको छ, जसले कक्षामा साइन्स पढेको थियो, तर जाँचमा प्रश्न आयो पोलिटिकल साइन्सको । अब भन्नुस् त, म के गरौं ? तपाईंले आत्मनिर्भरता बुझ्नुभयो त ? बुझेको भए मलाई पनि बुझाउनुस् न है  । कमसेकम बुझाइमा त आत्मनिर्भर बनौं ।

सम्बन्धित सामग्री

‘गठबन्धन सरकार कायमै रहे मूलक श्रीलंकाको बाटोमा जान्छ’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकार थप एक वर्ष कायम रहे मूलक श्रीलंकाको बाटोमा जाने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पोखरेलले सरकार अहिलेको अवस्थामा अघि बढे अर्को एक वर्ष विदेशी मुद्राको सञ्चिती शून्य अवस्थामा पुग्ने र मूलक श्रीलंकाको बाटोमा जाने बताएका हुन् । मूल्यवृद्धि […]

नेपाल श्रीलंकाको बाटोमा छैन : सांसद देव

२८ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले श्रीलंकाको अहिलेको अवस्थाबाट पाठ भने सिक्नुपर्ने धारणा राखे । ‘के कारणले श्रीलंका त्यहाँ पुग्यो ? नेपाल त्यहाँ पुगिराखेको छैन । म एउटा अर्थशास्त्रको विद्यार्थीको नाताले, राजनीतिको पनि […]

मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ गएकाे छैन : सञ्चारमन्त्री कार्की

काठमाडाैं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र संकटमा फसेको र श्रीलंकाको बाटोतर्फ नेपाल गइरहेको छ भन्ने तर्कमा कुनै सत्यता नरहेको बताएका छन्।नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोसिस भईरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गरे।शनिवार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको पनि

नेपालकाे अर्थतन्त्र श्रीलंकाको बाटोमा छैन : सञ्चारमन्त्री कार्की

सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा सञ्चारमन्त्री कार्कीले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेकाले सबैले एकतावद्ध ढंगले प्रयास गरे अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने दाबी गर्नुभयो ।

‘प्रवृत्ति नसच्चिए अर्थतन्त्र श्रीलंकाको बाटोमा जान्छ’

२१ वैशाख, काठमाडौं । कुशासन र सनकको भरमा निर्णय गर्ने प्रवृति नसच्याए अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने सरोकारवालाले चेतावनी दिएका छन् । नेपालमा ठूला घटना-परिघटनाका कारण भन्दा पनि कुशासन, नीतिगत कच्चापन, वित्तीय अपारदर्शीता लगायतका कारण जोखिम भने बढेको अर्थविद् तथा उद्यमीहरुले बताएका छन् । श्रींलका अहिलेको अवस्थामा पुग्नुमा यस्तै प्रवृत्तिले काम गरेको भन्दै नेपाल पनि सचेत […]

‘अर्थतन्त्र श्रीलंकाको बाटोमा छैन’

संकटग्रस्त रहेको परिसंघको भनाई नेपाल उद्योग परिसंघले नेपालको अर्थतन्त्र समस्यामा रहे पनि श्रीलंकाको जस्तो संकटपूर्ण अवस्थामा नरहेको दाबी गरेको छ । परिसंघले अर्थतन्त्रको तथ्यांकीय विश्लेषणसहित नेपालको अवस्था श्रीलंकाको जस्तो अन्त्यन्त कठिन मोडमा नरहेको र आउँदा दिनमा पनि श्रीलंकाको जस्तो संकट आउन नसक्ने बताएको हो ।मंगलबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गर्दै परिसंघले अर्थतन्त्रमा सुधारका लागि थप […]

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा छैन

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् ।उनले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुने विश्वास दिलाए । डा. नेपालले अहिले देखिएको समस्या छिट्टै समाधान हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, “अहिले जुन रुपमा समस्या सुनिएको छ, त्यो रुपमा अर्थतन्त्रको समस्या छैन् […]