काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा भएको भ्रष्टाचार प्रकरणको अनुसन्धानमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती तानिएपछि निलम्बनमा परेका छन् । डेढ महिना अघि मात्रै भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा गएका भारती नगरपालिकामा २६ करोड हिनामिना प्रकरणको अनुसन्धानमा ताएिपछि निलम्बनमा परेका हुन् । यद्यपी उनी विरुद्ध विशेष अदालतमा भने मुद्दा दर्ता भएको छैन । […]