नेपाली कांग्रेसमा २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन नपाउने भएका छन् । कांग्रेसको विधानको धारा ३३ (२) मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीकोतर्फबाट समानुपातिक आधारमा यस अगाडि निर्वाचित भएको व्यक्ति समानुपातिक आधारमा पुनःप्रतिनिधिसभा र प्रदेशसभाको सदस्य पदमा पार्टीकोतर्फबाट उम्मेदवार हुन नपाउने व्यवस्था छ । त्यस्ता व्यक्ति …