पल्सर स्पोर्टस अवार्ड : नङ्शल देवी तामाङ र किरण चेम्जोङ उत्कृष्ट खेलाडी

काठमाडौं, भदौ २६ – ब्याडमिन्टनकी नङ्शल देवी तामाङ र फुटबलका किरण चेम्जोङ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । सोमबार भएको पल्सर स्पोर्टस अवार...

सम्बन्धित सामग्री

पल्सर स्पोर्ट्स अवार्ड: चार विधाका शीर्ष तीनको ‘सर्ट लिस्ट’

काठमाडौं-  नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७९ का लागि विभिन्न चार विधाका शीर्ष तीनको मनोनयन सार्वजनिक गरिएको छ। वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट यूवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ शीर्ष तीन-तीन जनाको मनोनयन सार्वजानिक गरिएको हो। वर्ष उत्कृष्ट प्रशिक्षकमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन, […]

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड : एलिना बनिन् पिपल्स च्वाइस

काठमाडौं, ८ चैत : टेबलटेनिस खेलाडी एलिना महर्जनले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस जितेकी छन् । एलिनाले सर्वाधिक भोट ल्याउँदै पिपल्स च्वाइस अवार्ड जितिन् । एलिनाले कुल मतको ४७.८३३ प्रतिशत मत प्राप्त गरिन् । एलिना महर्जन नेपाली टेबलटेनिसमा दोस्रो वरीयतासम्म पुगेकी महिला खेलाडी हुन् । उनले दक्षिण एसियाली खेलकुद सागमा लगातार दुई पदक (१२ र […]

पारस खड्का बने दशककै उत्कृष्ट खेलाडी

८ चैत, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा पारस पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भए । टिमकै कारण आफू यो अवार्ड पाउन सफल भएको भन्दै पारसले यो अवार्ड क्रिकेट टिमलाई […]

पल्सर स्पोर्टस अवार्ड आज आयोजना हुँदै

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको अयोजनामा आज (मंगलबार) पल्सर स्पोर्टस अवार्ड हुँदैछ । काठमाडौंको प्रज्ञा भवनमा आयोजना हुने १८औं संस्करणको स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको नेपाल पत्रकार खेलकुद मञ्च एनएसजेएफले जनाएको छ । २०५२ साल भदौ २५ मा स्थापना भएको एनएसजेएफले २०५३ सालदेखि यो कार्यक्रम आयोजना गर्दै आएको छ । कोरोना महामारीका कारण […]

पल्सर स्पोर्टस अवार्ड चैत ८ मा

यस वर्षको पल्सर स्पोर्टस अवार्ड चैत ८ गते आयोजना हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आईतबार पत्रकार सम्मेलन गरेर १८ औं संस्करणको अवार्डको मिति सार्वजनीक गरेको हो । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले कोभिडका कारण गत वर्ष कमै मात्र प्रतियोगिता आयोजना भएका कारण यस वर्ष फरक स्वरुपमा अवार्ड गरिने बताए । उनले पछिल्ला १० वर्षमा नेपाली खेलकुदमा ईतिहास कायम गरेका व्यक्तिलाई यस वर्ष सम्मानित गरिने बताए । आयोजकका अनुसार यस वर्ष सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाईफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड र पिपल्स च्वाइस अवार्ड विधामा पुरस्कृत गरिनेछ । दशक अवार्ड भएका कारण यस वर्ष सर्वोत्कृष्ट युवा खेलाडीको विधा भने समावेश नगरिने आयोजकले जनाएको छ । मञ्चका महासचिव प्रज्वल ओलीले अवार्डका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक गृहकार्य सुरु गरिसकेको बताए । उनले दशक खेलाडी पुरुष, महिला, प्रशिक्षकको छनोट कार्य सुरु भइसकेको जानकारी दिए । ओलीका अनुसार पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विजेता कार्यक्रमकै दिन घोषणा गरिनेछ भने पिपल्स च्वाइस अवार्डका लागि भने छिटै मनोनयन सार्वजनिक गरिनेछ ।  आयोजकका अनुसार दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र)को अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । हरेक वर्ष जस्तै पल्सर स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालीको बजाज पल्सर मोटरसाईकल रहनेछ ।

पल्सर स्पाेर्टस अवार्ड : तेक्वान्दोका नविन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक

२८ पुस, काठमाडौं । तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७६ मा नविनले वर्षको उत्कृष्ट प्रशिक्षक विधाको अवार्ड जितेका हुन् । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले तेक्वान्दोबाट सर्वाधिक १२ स्वर्ण जित्दा नविन मुख्य प्रशिक्षकको रुपमा रहेका थिए । […]

‘पल्सर स्पोर्टस अवार्ड’ वितरण हुँदै

काठमाण्डाै - आज सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ वितरण हुँदै छ । आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफण)ले  मङ्गलबार (आज) ललितपुरको सातदोबोटोमा रहेकाे कराँते हलमा अवार्ड वितरण कार्यक्रमकाे आयाेजना गरेकाे हाे । ​कोरोना भाइरसको महामारीका कारण यस कार्यक्रम सेमी भर्चुअलका...

पल्सर स्पोर्टस अवार्ड आज

काठमाडौैं : नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्ड बिहीबार (आज) आयोजना गर्दै छ। २०७४ मा खेलाडीले गरेको प्रदर्शनका आधारमा छनोटमा परेका खेलाडी तथा प्रशिक्षकमध्येबाट उत्कृष्टलाई मञ्चले सम्मान गर्न लागकेो हो। अवार्ड आज २:४५ बजेबाट आर्मी अफिसर क्लब भद्रकालीमा एक प्रतिष्ठित कार्यक्रमबी...

पल्सर स्पोर्टस अवार्ड जेठमा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले जेठको पहिलो साता पल्सर स्पोर्टस अवार्ड २०७४ आयोजना गर्ने भएको छ । २०७४ वर्षमा खेलकुद क्षेत्रमा योगदान गरेर देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्ने ...