काठमाडौं : वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट साढे ३ करोड रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।भक्तपुर चाँगुनारायण नगरपालिका-६ नगरकोटका ६८ वर्षका सिताराम बास्तोला पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।उनले १०१ जनालाई रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाइदिन्छु भन्दै जानका लागि प्रतिव्यक्ति ३० लाख रूपैयाँ लाग्ने भन्दै पटक पटक गरि ३ करोड ५६ लाख ८ हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्