काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली फिल्म 'कबड्डी ४' भारतमा पनि प्रदर्शन हुने भएको छ। असार २ गतेदेखि भारतका विभिन्न १५ शहरमा फिल्म प्रदर्शन हुने भएको हो। मंगलबार भारतको सिलीगुडीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म भारतमा प्रदर्शन हुनेबारे औपचारिक घोषणा गरिएको छ। उक्त कार्यक्रमका लागि कबड्डी ४ टिमको प्रतिनिधित्व गर्दै अभिनेता विजय बराल र बुद्धि तामाङले उपस्थिति जनाएका थिए। भारतका सिलीगुडी, गुवाहिटी, दार्जीलिङ, कालिम्पोङ लगायतका नेपालीभाषीको जन