कास्की–गण्डकी प्रदेश प्रहरीको त्रिवर्षीय रणनीतिक योजनाको मस्यौदा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिएको छ । रणनीतिक मस्यौदा तयारीका लागि गठित निर्देशक समितिका संयोजक मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले प्रतिवेदन मुख्यमन्त्रीलाई आज हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले संविधानले प्रदेशको अधिकार सूचीमा प्रदेश प्रहरी राखे पनि पाँच वर्ष पुग्न लाग्दासमेत व्यावहारिक रूपमा कार्यान्वनमा आउन नसकेको गुनासो […]