नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल पक्षका नेता बिकेर आन्दोलनलाई सिध्याउन उद्यत रहेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै ओलीले आन्दोलनलाई ध्वस्त पारिदिन्छु भन्ने अहंकारलाई सफल हुन नदिने बताए ।
‘आफ्नो दलको सरकार गिराएर, जुन दलसँग प्रतिस्पर्धा गरियो, प्रतिस्पर्धा गर्नुछ, उही दलको प्रधानमन्त्री बनाएर । अनुशासन तोडेर हिँडिरहेका छन् । जब नेता बिक्छन्, तब आन्दोलनलाई सिध्याउन उद्यत हुन्छन्,&...