काठमाडौँ। थारु कला, सँस्कृति प्रवद्र्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ उपाधिका लागि देशभरबाट पुरुष र महिला गरी ५१ जना प्रतिस्पर्धामा उत्रिएका छन्।
शनिबार काठमाडौँ, बुटवल र दाङको अडिसन सकिएसंगै अन्तिम प्रतिस्पर्धीहरुको टुंगो लागेको हो। अन्तिम अडिसनमा काठमाडौँबाट १९, बुटवलबाट ५ र दाङबाट २ जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन्। अडिसन पूर्वदेखि पश्चिम नेपालसम्मका प्रमुख १० जिल्लाका शहरहरुमा गरिएको थियो। यसअघि भएको अडिसनमा विराटनगरबाट ३, लहानबाट ३, टिकापुरबाट ३, झुम्काबाट ३, वीरगञ्जबाट ३, भरतपुरबाट ४, नेपालगञ्जबाट ६ जना छनोट भएका थिए।