नेपाली पूँजीबजारको ठूलो हिस्सा ओगटेका प्रमुख वाणिज्य बैंकहरूको शेयर एक वर्षको अन्तरालमा आधाभन्दा बढी सस्ता भएको छ । नेप्सेमा सूचीकृत २४ वाणिज्य बैंकमध्ये अधिकांशको शेयर मूल्य दुई वर्षअघिको तुलनामा दुई तिहाइले घटेको छ । अघिल्लो वर्षको तुलनामा शेयर मूल्य घटेको अनुपातमा लगानीकर्ताले पाउने प्रतिफल नघटेकाले ती बैंकहरूको शेयर सस्तो भएको हो । शेयरको मूल्य उच्च विन्दुमा पुगेका बेला खरीद गरेर बसेका लगानीकर्तालाई कागजी घाटा (पेपर लस) मात्रै भएको शेयर विश्लेषक कुमार विष्टको भनाइ छ । ‘शेयरको बजार मूल्य घटे पनि बैंकहरूले दिने नगद लाभांश र बोनस शेयर नघटेकाले लगानीकर्तालाई वास्तविक घाटा भएको छैन,’ उनले भने ।
बैंकिङ समूहमा सबैभन्दा बढी मूल्य भएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य गत वर्ष कात्तिक मसान्तको तुलनामा अहिले प्रतिकित्ता रु १ हजार ५ सय कम भएको छ । एक वर्षअघि प्रतिकित्ता रु ३ हजार ६ सय रहेको यो बैंकको शेयर मूल्य हाल रु २ हजार १ सयको हाराहारीमा ओर्लिएको छ । २०६५ कात्तिक मसान्तमा चार्टर्डको शेयर मूल्य रु ५ हजारभन्दा माथि रहेको थियो । उच्च मूल्य रहेको अर्को वाणिज्य बैंक नबिलको शेयर पनि एक वर्षको अन्तरालमा झन्डै आधा सस्तो भएको छ । गत वर्ष यही समयमा प्रतिकित्ता रु २ हजार ६ सय ५५ रहेको नबिलको शेयर मूल्य अहिले रु १ हजार ४ सयको हाराहारीमा छ ।
वर्ष ६, अंक ५८, बुधवार, १ मंसिर, २०६७
काठमाडौं । अमेरिकाले सन् १९९० को दशकयता आधा पब्लिक कम्पनी गुमाएको छ । सन् १९९६ ताका अमेरिकामा कारोबार हुने पब्लिक लिष्टेड कम्पनीहरूको संख्या कीर्तिमानी उचाइमा रहँदा यस्ता कम्पनीहरू ८ हजारभन्दा धेरै थिए । अहिले यसको संख्या घटेर ३ हजार ७०० भन्दा तल आएको सेन्टर फर रिसर्च इन सेक्युरिटिज प्राइसेजको तथ्यांकले देखाएको छ ।
यसको अर्थ ३० वर्षअघिको तुलनामा अहिले अमेरिकामा कम्पनीहरू आधा पनि छैनन् भन्ने होइन । प्राइभेट नै बस्न रुचाउने कम्पनीहरू धेरै छन् भन्ने हो । पब्लिक लिष्टेड कम्पनीहरूमाथि नियामकको निगरानी हुन्छ । उनीहरूले आफ्नो आर्थिक वस्तु स्थिति पनि सार्वजनिक गरिरहनु पर्छ । कम्पनी पारदर्शी ढंगले सञ्चालन भइरहेको छ भन्ने सुनिश्चित गर्न अनि लगानीकर्ताहरूको मनोबल यथावत् राख्न यति त गर्नु परिहाल्यो ।
शेयर बजारमा थोरै मात्रै कम्पनीहरू सूचीकृत हुँदा समग्रमा पारदर्शिता घट्छ अनि बजारप्रति लगानीकर्ताको विश्वास पनि कम हुने रिनेसा क्यापिटलका डेटा तथा कन्टेन्ट हेड म्याथ्यू केनेडी बताउँछन् ।
शक्ति पनि सीमित कम्पनीको हातमा हुन्छ । बजारमा प्रतिस्पर्धा पनि त कम हुन्छ । एसएन्डपी ५०० को १५ प्रतिशत हिस्सा एप्पल र माइक्रोसफ्टले ओगेटेका छन् ।
सन् २०२२ को अक्टोबर १२ को न्यून बिन्दुबाट गएको बिहीवार एसएन्डपी ५०० २० प्रतिशत माथि थियो । तर, यो सबै वृद्धि औंलामा गन्न सकिने प्रविधि र एआई कम्पनीका कारण भएको हो । अहिले अमेरिकी शेयर बजार केही कम्पनीको इशारामा नाचिरहेको छ ।
कोभिडका कारण उत्पन्न भएको आर्थिक मन्दी अनि त्यसलगत्तै आएको महँगीले पब्लिक कम्पनीको संख्यामा असर पारिरहेको छ ।
अर्थतन्त्र सुस्ताइरहेको भय अनि बजारमा तीव्र उथलपुथलका कारण प्रारम्भिक शेयर निष्कासन (आईपीओ) ठ्याप्पै सुकेको छ । सन् २०२२ मा अमेरिकाको आईपीओ बजार ९४ दशमलव ८ प्रतिशतले घटेर ८ अर्ब डलरमा सीमित बनेको थियो । सन् २०२३ को पहिलो त्रैमासमा नयाँ सूचीकृत कम्पनीहरूको बजार पूँजीकरण एक वर्षअघिको भन्दा ६० प्रतिशतले घटेकाे छ । अहिले कम्पनीहरूमा पब्लिक बन्ने रुचि छैन ।
यो अर्थतन्त्रको लागि राम्रो नभएको अर्थशास्त्रीहरू बताउँछन् । यति बेला अमेरिकामा पब्लिक कम्पनीको ५ गुणा हाराहारी प्राइभेट कम्पनी छन् । यो प्रवृत्ति अझै केही समय बढ्ने देखिन्छ । सन् १९९९ मा औसत अमेरिकी प्रविधि कम्पनीहरू स्थापनाको ४ वर्षपछि पब्लिक बजारमा छिरेका थिए । सन् २०१९ सम्म आइपुग्दा यो अवधि बढेर ११ वर्ष पुग्यो ।
प्राइभेट रहिरहँदा कम्पनीमा नियामक मापदन्डको भार र लागत पनि कम पर्यो । लामो अवधिको रणनीतिक योजनामा ध्यान दिन पाए । विगत २५ वर्षमा अमेरिकामा विश्वव्यापी शेयर, स्थिर आय र साना पूँजीकरण भएको शेयरमा हुने कमाईलाई निजी इक्विटी लगानीले उछिनेको छ । एजेन्सी
काठमाडौँ– सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएसँगै विहीबार कारोबार सुरु भएको छ । ३०९ रुपैयाँमा कारोबार खुलेको सानिमाको शेयर मूल्य कारोबार सुरु भएको आधा घण्टामै १० प्रतिशतले बढेको छ । १० प्रतिशतले मूल्य बढेपछि सकरात्मक सर्किट लागेको छ । विहीबार सानिमाको शेयर मूल्य ३३९ रुपैयाँ पुगेको छ । सानिमाको २ […]
'पालिकामा एक सय ८० सूचीकृत बेरोजगार थिए। उनीहरूलाई एक सय दिनको रोजगारी प्रदान गर्न बजेट आएको होला। यो कुरा लेखालाई थाहा छ। मलाई जानकारी छैन,' उनले सेतोपाटीसँग भने।
२० चैत, काठमाडौं । सरकारले रोजगारी सिर्जना गर्ने प्रमुख कार्यक्रम भन्दै आएको प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन फितलो देखिएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा कार्यक्रमको आधा पनि बजेट खर्च भएन । कार्यक्रममार्फत रोजगारी पाइने आशमा बेरोजगारका रुपमा सूचीकृत भएका २ लाख ६१ हजार १ सय जनाले एक दिन पनि काम पाएनन् । ‘रोजगारी’ पाएका […]
काठमाडौं । माथिल्लो तामाकोसीको सेयर नेप्सेमा सूचीकृत भएर किनबेच शुरु भइसकेको छ । तर यो आयोजनाको निर्माण कहिलेसम्ममा सम्पन्न हुने हो भन्ने अझै पनि संशयमै छ । पूर्वघोषित मितिलाई आधार मान्ने ...