डिप्रोक्स लघुवित्तको लाभांश पारित

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश पारित गरेको छ । संस्थाको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक खनालले पेश गरेको आव २०७६÷०७७ को वार्षिक प्रतिवेदन पारित गरेको छ । बोनस सेयर पछि संस्थाको चुक्तापुँजी १ अर्ब १५ करोड ६२ लाख पुगेको छ । साधारणसभाले धादिङ जिल्ला […]

सम्बन्धित सामग्री

डिप्रोक्स लघुवित्तले वितरण गर्‍यो नगद लाभांश

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष वितरण गर्ने निर्णय गरेको ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लिखित बैंक खातामा नगद लाभांश जम्मा गरिसकिएको जानकारी दिएको हो । कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट यस वर्षको लाभांश पारित गरेको थियो । गत आर्थिक वर्ष २०७८/ ०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजारको आधारमा कम्पनीले करसमेत नगद लाभांशसँगै १० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । नगद लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन समेत कम्पनीले भनेको छ ।साधारण सभा प्रयोजनका लागि फागुन १९ गते एक दिन बुक क्लोज गरिएकाले फागुन १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरूले शेयर प्रमाणपत्र धितो राखी कर्जा प्रयोग गर्दै आएको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा हुनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिग लिमिटेड रहेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

डिप्रोक्स लघुवित्तको लाभांश पारित

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष दिपक खनालले सञ्चालक समितिको तर्पmबाट आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्दै सो प्रतिवेदन उपर सेयरधनीहरुले राखेका राय सुझाव तथा जिज्ञासाको जवाफ दिएका थिए । संस्थाले आ.व २०७८/०७९ मा ८० करोड ९२ लाख १४ हजार सञ्चालन मुनाफासहितबाट सेयरधनीलाई ११.०५२६३२ प्रतिशत नगद […]

डिप्रोक्स लघुवित्तको लाभांश पारित

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीका लागि प्रस्ताव गरेको लाभांश पारित भएको छ । संस्थाको २१औँ

नाडेप लघुवित्तले माघ १४ गते बोलायो साधारण सभा, २१.०५ % लाभांश पारित हुँदै

पुस २१, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १४ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको पुस २० गतेको सञ्चालक समितिको बैठकले धादिङको नौविसेस्थित नौविसे एग्रो रिसोर्ट विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/ ७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांशसमेत वितरणयोग्य बनाउनेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४० करोड ४८ लाखको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको हो ।  ती प्रस्तावहरुसँगै कम्पनीले संस्थापक समूहबाट चार जना सञ्चालकहरु निर्वाचन गर्ने कार्यक्रमसमेत सभाका लागि तय गरेको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने सम्झौता बदर भएकाले उक्त निर्णयलाई पनि सभाले अनुमोदन गर्नेछ ।  डिप्रोक्ससँगको प्राप्ति प्रक्रियाका लागि कम्पनीको शेयर कारोबार २०७७ पुस १६ गतेदेखिनै रोक्का रहेकाले सोही मितिलाई सभाको बुक क्लोजको मिति तय गरिएको छ । उक्त कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रू. ९४ लाख ११ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफामा ७९ दशमलव ३८ प्रतिशत कमि आएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४ करोड ५६ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।  यस वर्ष सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याएकाले कम्पनीको खुद नाफामा असर परेको हो । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रू. ५३ लाख ४६ हजार छुट्याएको कम्पनीले यस वर्ष रू. ३ करोड ७७ लाख १७ हजार छुट्याएको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि ७९ दशमलव ७७ प्रतिशत कम रू. १ करोड ४० लाख ५० हजार भएको छ । खुद ब्याज आम्दानी पनि गत वर्षभन्दा करिब २५ प्रतिशत घटेर रू. १० करोड २८ लाख ५४ हजारमा सिमिति भएको छ । गत वर्ष यो अवधिसम्म कम्पनीले रू. १३ करोड ६९ लाख ५७ हजार खुद ब्याज आम्दानी गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ४० करोड ४८ लाख रहेको छ । गत वर्षभन्दा यस वर्ष जगेडा कोष रकम ३२ प्रतिशतले बढेर रू. ३७ करोड ९८ लाख १४ हजार कायम भएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गत वर्षभन्दा १४ प्रतिशत कम अर्थात्  रू. १ अर्ब ९९ करोड ७३ लाख कर्जा सापटी लिएको छ भने १४ दशमलव ७५ प्रतिशत बढी रू. १ अर्ब ५९ करोड १५ लाख निक्षेप संकलन गरेको छ । कम्पनीको कर्जा प्रवाह भने गत वर्षभन्दा ५ दशमलव २७ प्रतिशत बढी अर्थात्  रू. ४ अर्ब ५१ करोड २ लाख रहेको छ । गत वर्ष ४ दशमलव ४२ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष बढेर ४ दशमलव ७७ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ९ दशमलव ३० रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १९३ दशमलव ८३ छ ।

डिप्रोक्स लघुवित्तको २१.०५ प्रतिशत लाभांश पारित

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । चितवनमा सम्पन्न सभाले २१.० ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।२० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २१.०३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी एक […]

२१ प्रतिशत लाभांश पारित गर्दै डिप्रोक्स लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं, २४ असोज । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शनिबार २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा चितवनमा आज सम्पन्न भएको हो । सभाले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमा २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि […]

डिप्रोक्स लघुवित्तको साधारण सभा आज, २१.०५% लाभांश पारित हुँदै

असोज २३, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २०औं वार्षिक साधारण सभा आज (शनिवार) हुने भएको छ । कमपनीले सभा बिहान ११ बजे चितवन गार्डेन रिर्सोट, भरतपुरमा बोलाएको हो । साधारण सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । शेयर संरचना र कर्मचारी पद समायोजनको विषयमा नाडेप लघुवित्तसँग असहति भएकाले मर्जर प्रक्रिया अघि नबढेको र मर्जर गर्न नसकिने भन्दै कम्पनीले यो विषय राष्ट्र बैंकलाई जानकारी गराएको छ । कम्पनीले सोही विषयमा अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने र अहिलेसम्मका काम नियमन निकायहरुको निर्देशन अनुसार गराउनलाई सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने र अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसेका सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ । असोज ११ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।

२१.०५ % लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले बोलायो साधारण सभा

असोज २१, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारण सभा असोज २३ गते शनिवार हुने भएको छ । कम्पनीले सभा बिहान ११ बजे चितवन गार्डेन रिर्सोट, भरतपुरमा हुने बताएको छ ।साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनीदर्ता पुस्तिका असोज १२ गतेदेखि २३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस  आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।   साथै सभाले शेयर संरचना र कर्मचारी पद समायोजनको विषयमा नाडेप लघुवित्तसँग असहमति भएकाले मर्जर प्रक्रिया अघि नबढेको र सोही कारण अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  सभाले सर्वसाधारण शेयरधनीतर्फ तीन जना सञ्चालकको निर्वाचन गर्ने र अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसेका सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ ।

डिप्रोक्स लघुवित्तको शेयरमूल्य समायोजन

असोज १२, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलवार डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ३८८ दशमलव ४२ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ६६६ दशमलव १० को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीले यो वर्ष शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।  उक्त लाभांश पारित गर्न कम्पनीले असोज २३ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा बिहान ११ बजे चितवन गार्डेन रिर्सोट भरतपुर, चितवनमा हुने बताएको छ ।

डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार

असोज १०, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवारसम्म रहेको छ ।  कम्पनीले शेयरधनी दर्ता पुस्तिका असोज १२ गतेदेखि २३ गतेसम्म बन्द गर्ने भएसँगै असोज ११ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।  कम्पनीले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले असोज २३ गते साधारण सभा बोलाएको छ ।कम्पनीले सभा बिहान ११ बजे चितवन गार्डेन रिर्सोट भरतपुर, चितवनमा हुने बताएको छ । साथै कम्पनीले शेयर संरचना र कर्मचारी पद समायोजनको विषमा नाडेप लघुवित्तसँग असहति भएकाले मर्जर प्रक्रिया अघि नबढेको र मर्जर गर्न नसकिने भएकोले यो विषय राष्ट्र बैंकलाई जानकारी गराएको उल्लेख गरेको छ । सोही कारण अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने र अहिलेसम्मका काम नियमन निकायहरुको निर्देशन अनुसार गराउनलाई सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।  सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने र अन्य कुनै वित्तीय संस्थाहरुसँग गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ ।