बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै हजारौं प्रदर्शनकारीले अमेरिकाका प्रमुख शहरहरूमा जुलुस निकालेका छन् । दुईवटा सामूहिक गोली काण्डको घटनापछि अमेरिकाभर प्रदर्शन भएको हो । सयौंको संख्यामा र्यालीमा सहभागीहरुले ‘मलाई गोली हान्नबाट स्वतन्त्रता चाहन्छु’ जस्ता नारा लगाएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले विरोध प्रदर्शनलाई समर्थन गर्दै कंग्रेसलाई बन्दुक सुरक्षा कानुन पारित गर्न आह्वान गरेका छन् […]