कञ्चनपुर : परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले कञ्चनपुरको दोधारा चादँनी नाका सुदूरपश्चिमको मात्र नभई मुलुकको आर्थिक नाकाका रुपमा विकास हुने गरी काम अघि बढेको जानकारी दिएका छन्। कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दोधारा चादँनी सुख्खा बन्दरगाह प्रक्रिया अघि बढ्नुका साथै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको बताए।“भारतीय पक्षले पनि सोही अनुसार भारततर्फ पनि काम अघि बढाएको छ।” मन्त्री साउदले भने “कञ्चनपुर आर्थिक, पर्य