बुधबार रातिबाट 'बजेट होलिडे'तर्फ नेपाल, क-कसको तलब रोकिन्छ ?

मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बुधबार रातिबाट निष्क्रिय हुने भएपछि 'बजेट होलिडे'तर्फ देश अघि बढेको हो ।प्रतिस्थापन विधेयकमाथि छलफल गर्न संसद् बैठक ४ असोजमा बोलाइएको छ । छलफलपछि प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पनि पारित हुनुपर्छ । अनिमात्रै देशमा बजेट लागू हुनेछ । यस हिसाबले कम्तीमा एक साता देश बजेटविहीन हुँदैछ ।  बजेटविहीन भएपछि सरकारको नियमित खर्च रोकिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले ५/७ दिन खर्च रोकिन सक्ने बताइसकेका छन् ।पूर्वअर्थसचिव शान्तराज सुवेदी बजेट टुंगो नलाग्दा सबै सरकारी कार्यालयको खर्च बन्द गर्नुपर्ने अवस्था आउने बताउँछन् । उनका अनुसार देशको कार्यकारी प्रमुखको तलबदेखि जेलको कैदीबन्दीसम्मकाे खर्च रोकिनेछ ।संघीय सरकारको खर्च रोकिँदा प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको तलब भत्ता, कर्मचारीको तलब भत्ता तथा कैदीबन्दीहरूको सिदासम्म रोकिन्छ । संघीय सरकारले नागरिकलाई प्रदान गर्ने सबै सुविधा रोकिन्छ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सबै निकायको खर्च हुने एकल कोष खाताबाट बजेट पास नहुन्जेल खर्च गर्न पाइँदैन ।राष्ट्रपतिदेखि सभामुखको तलब नरोकिनेयद्यपि संघीय संसद्, संवैधानिक निकायहरूको नियमित खर्च भने रोकिने छैन । सञ्चित कोषमा व्ययभार भएको रकमबाट यो खर्च गरिन्छ । संविधानको धारा ११८ मा संघीय सञ्चित कोषमाथि व्ययभारसम्बन्धी व्यवस्था छ । यसका लागि संसदको स्वीकृति आवश्यक नपर्ने उल्लेख छ ।जसमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश र न्यायपरिषदका सदस्यलाई दिइने पारिश्रमिक तथा सुविधाको रकम नरोकिने उल्लेख छ । त्यसैगरी प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षलाई दिइने पारिश्रमिक तथा सुविधा पनि रोकिँदैन ।त्यस्तै, संवैधानिक निकायका प्रमुख र पदाधिकारीलाई दिइने पारिश्रमिक तथा सुविधाको रकम र प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधाको रकम पनि नरोकिने उल्लेख छ ।राष्ट्रपति वा उपराष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, न्यायपरिषद, संवैधानिक निकाय र प्रदेश प्रमुखको कार्यालयको प्रशासनिक व्यय, नेपाल सरकारको दायित्वको ऋणसम्बन्धी व्ययभार, नेपाल सरकारको विरुद्ध अदालतबाट भएको फैसला वा आदेशअनुसार तिर्नुपर्ने रकम र संघीय कानुनबमोजिम संघीय सञ्चित कोषमाथि व्ययभार हुने रकम नरोकिने संविधानमा उल्लेख छ ।सन्चित कोषको व्ययभारबाट विदेशी ऋणको सावाँ र ब्याज, स्वदेशी ऋणको सावाँ र ब्याज पनि खर्च गर्न पाइन्छ । प्रदेश र स्थानीय तहको हकमा भने पाएको अनुदान रकमको आधारमा नागरिकहरूले पाउने आधारभूत सुविधा दिन खर्च गर्न पाउँछन् ।आकस्मिक कोषबजेटविहीन अवस्थामा संघीय सरकारको खर्च रोकिए पनि संविधानले आकस्मिक कोषको परिकल्पना गरेको छ । धारा १२४ मा संघीय आकस्मिक कोषको व्यवस्था छ । उपधारा (१) मा संघीय ऐनबमोजिम आकस्मिक कोषका नामले एउटा कोष स्थापना गर्न सकिने र त्यस्तो कोषमा समय समयमा संघीय ऐनबमोजिम निर्धारण भएको रकम जम्मा गर्न सकिने उल्लेख छ ।सरकारले त्यस्तो कोषबाट आकस्मिक कार्यका लागि खर्च गर्न सक्ने उल्लेख छ । आकस्मिक खर्च गर्न रकम संघीय ऐनबमोजिम यथाशीघ्र सोधभर्ना गर्न मिल्ने प्रावधान छ ।

सम्बन्धित सामग्री

‘सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा हो ?’

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक संकटको विषयमा सांसदहरूले कुरा उठाएका छन् । सांसद प्रेम सुवालले सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा रहेको हो ? भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीले आफूले जिम्मेवारी सम्हालेको सय दिनमा अर्थतन्त्रमा निकै सुधार भएको भनिरहनुभएको छ तर केही महिनापछाडि कर्मचारीको तलब खुवाउन नसक्ने अवस्था हुँदै छ […] The post ‘सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा हो ?’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तलब कट्टा गर्ने गाउँपालिकाको निर्णयविरुद्ध शिक्षक संघ संगठनको विरोध

लिमचुङबुङ गाउँपालिकामा कार्यरत संघ संगठनहरुले बुधबार एक संयुक्त विज्ञप्ती जारी गरी कारबाहीको नाममा शिक्षकहरुको तलब कट्टा गर्ने निर्णयप्रति संघ संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।...

तलब कट्टा गर्ने गाउँपालिकाको निर्णयविरुद्ध शिक्षक संघ संगठनको विरोध

लिमचुङबुङ गाउँपालिकामा कार्यरत संघ संगठनहरुले बुधबार एक संयुक्त विज्ञप्ती जारी गरी कारबाहीको नाममा शिक्षकहरुको तलब कट्टा गर्ने निर्णयप्रति संघ संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।...

जापानमा महिलाको औसत तलब ३० लाख

जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ । जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन (२० हजार ८६७ अमेरिकी डलर पुगेको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ ।राष्ट्रिय राजस्व निकायले सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार निजी क्षेत्रका सबै कामदारको औसत तलब गत वर्ष ४४ लाख ३० हजार येन (३० हजार ६ सय १३ डलर) थियो । जुन सन् २०२० को तुलनामा २.४ प्रतिशतले बढी हो ।सन् २०२१ मा पुरुषको औसत तलब ५४ लाख ५० हजार येन (३७ हजार ६ सय ६१ डलर) थियो । सन् २००२

‘शाखा अधिकृतको तलब एक लाख हुनुपर्छ’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शाखा अधिकृतकाे तलब एक लाख रुपैयाँ हुनुपर्ने जस्ताे अभिव्यक्ति दिनुभएकाे छ । बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा सरकारी कर्मचारीको तलब पर्याप्त नभएको संकेत गर्दै शाखा अधिकृतकाे तलब एक लाख रुपैयाँ हुनुपर्ने जस्ताे अभिव्यक्ति दिनुभएकाे हाे । अर्थमन्त्री शर्माले भन्नुभयाे, ‘अन्त हैन आफ्नै तलबमा भर परेर काम […]

शाखा अधिकृतको तलब एक लाख हुनुपर्छ : अर्थमन्त्री शर्मा

१२ असोज, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा सरकारी कर्मचारीको तलब पर्याप्त नभएको बताएका छन् । बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा उनले मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब पनि दिन नसकेको बताए । सरकारले चालु आर्थिक बर्षका लागि सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । तर, यो […]

कतारमा नेपाली श्रमिकको तलब वृद्धि

कतार सरकारले न्यूनतम पारिश्रमिक प्राप्त गरिरहेका ३ लाखभन्दा बढी विदेशी श्रमिक तलब वृद्धि गरेको छ । आप्रवासी कामदारको ज्यालामा एक हजार रियालभन्दा बढीले वृद्धि भएको हो ।बुधबार नेपालस्थित कतारी दूतावासले सार्वजानिक गरेको प्रतिवेदनमा प्रतिमहिना १ हजार रियाल अर्थात् ३० हजार रुपैयाँभन्दा कम आम्दानी भएका श्रमिकको तलब १८ सय रियाल अर्थात ५० हजार रुपैयाँभन्दा बढी पुगेको […]

सल्यानका शिक्षक कर्मचारीले दशैंमा पनि पाएनन् तलब

सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कार्यरत शिक्षक कर्मचारीले स्थानीय तह भएयता समयमा तलब नपाएको भन्दै विरोध जनाएका छन्।आफूहरुले नगरपालिका भएको एक वर्षबाहेक कहिल्यै समयमा तलब नपाएको उनीहरूको गुनासो छ।बडादशैँ जस्तो नेपालीको ठूलो चाडमा चौमासिक तलब भत्ता खुवाउन नसक्ने स्थानीय सरकार र सरोकारवालाहरूको कार्य खेदजनक भएको बुधबार विभिन्न चार शिक्षक संघ संगठनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।गत वर्षबाहेक स्थानीय सरकार बनेदेखि नै कुनै पनि वर्षको दशैँको तलबभत्ता समयमा नपाएको नेपाल शिक्

प्रदेशसभा सदस्य थापाले सबै तलब सुविधा सामाजिक कार्यमा खर्चिए

पोखरा । गण्डकी प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले आफूले प्रदेश सभासदस्यको हैसियतमा प्राप्त गरेको सम्पूर्ण तलब सुविधा सामाजिक कार्यमा खर्चिएका छन् । थापाले कास्की क्षेत्र नं. २ प्रदेश ‘ख’ का लागि सांसद्को हैसियतमा पाएका सम्पूर्ण तलब सुविधा सामाजिक काममा खर्चिएका हुन् ।उनले बुधबार पोखरामा आयोजित पत्रकार सम्मलेनमा निर्वाचनका बेला आफूले जनतासँग निर्वाचन भएपछि प्राप्त गर्ने सेवा सुविधा सामाजिक कार्यमा लगाउने भनी प्रतिबद्धता व्यक्त गरेअनुसार आपूmले प्रदेश सभा सदस्यका रुपमा पाएको सम्पूर्ण