हुम्लामा हिमपात, सिमकोट विमानस्थलमै रोकिए दुई जहाज

सिमकोट – अत्याधिक चिसोसँगै हुम्लामा हिमपात भएको छ । आइतबार दिउँसोदेखि सिमकोटसहितका क्षेत्रमा हिमपात सुरु भएको हो । हिमपातका कारण सिमकोट विमानस्थलबाट उडान हुन सकेको छैन । सीता एयरका दुईवटा जहाज सिमकोट विमानस्थलमै रोकिएका छन्। खाद्यन्न ढुवानी गरी रहेका जहाज सिमकोट विमानस्थलमा अवतरण गरेपछि हिमपातका साथै बाक्लो कुहिरो लागेपछि रोकिएका हुन् ।

सम्बन्धित सामग्री

हुम्लामा ब्यापक हिमपात

सिमिकोट । लामो खडेरीपछि हुम्लामा व्यापक हिमपात भएको छ । बिहीबार बिहान २ बजेबाट हुम्लामा हिमपात हुन सुरु भएको हो । सदरमुकाम सिमकोटमा १ फिट हिउ जमेको छ । धावनमार्गमा हिउ जमेकाले हुम्लाको एक मात्र यातयातको साधन हवाई जहाज यात्रासमेत अवरुद्ध भएको छ । जिल्लाको उच्च नाम्खा गाउँपालिकामा २ फिट हिउँ जमेको वडा नं. १ […] The post हुम्लामा ब्यापक हिमपात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हुम्लामा हिमपात, विमानस्थलमै थन्किए जहाज

कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ । आइतबार बिहानदेखि हुम्ला, मुगुलगायत हिमाली जिल्लामा बाक्लो हिमपात भएको हो ।