काठमाडौँ – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा सांसदहरु उठाएका कुराहरुलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। उनले बिहीबार संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन बुझ्दै यस्तो बताएका हुन्। उनले संसदमा बोलेको कुरा कोही एक व्यक्तिले मात्र बोलेको विषय नभइ जनताको आवाज भएकाले सरकारले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले संसदबाट पास भएका प्रतिवेदनहरुलाई […]