हेवा खोलामा बेलीब्रिज निर्माण सुरु - NepaliPatra

काठमाडौँ। वर्षाका कारण क्षतिग्रस्त बनेको हेवा खोलामा बेलीब्रिज निर्माण कार्य सुरु भएको छ। ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा सोमबारदेखि नै बेलीब्रिज निर्माण थालिएको हो। मेची राजमार्ग आयोजना प्रमुख विदुर पोखरेलका अनुसारसोमबारदेखि नै बेलीब्रीज निर्माणको काम थालिएको हो। यसको लागि निर्माण सामग्रीहरु निर्माणस्थलमा पुर्याउन थालिएको छ। आइतबारको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा […]

सम्बन्धित सामग्री

निर्माण सुरु भएको सात वर्षसम्म बनेन पुल

गुल्मी–  मुसिकोट नगरपालिकाको बडिगाड खोलामा पुल निर्माण हुने भनिएको सात वर्ष भयो । तर अहिलेसम्म खोलमा पुल बन्न सकेको छैन । पुल बन्ने आशैआशामा स्थानीयले सात वर्ष बिताइसके ।  विसं २०७३ मा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्ट्रक्सन प्रालिले रु पाँच करोड १७ लाखको लागतमा झेँदीमा पक्की पुल निर्माणको सम्झौता गरेको थियो ।  […]

शिलान्यास भएको नौ वर्षपछि पुल निर्माण सुरु

उर्लाबारी, जेठ २४। मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको नौ वर्षपछि निर्माण हुन थालेको छ। कानेपोखरी र रङ्गेली नगरपालिकाको सीमा खोलामा निर्माण हुने यो पुल फिचर एन्ड सराउद्दिन जेभिले २०७१ सालमा ठेक्का पाई काम सुरु गरेको थियो। प्रारम्भिक चरणमा १५ प्रतिशत मात्रै काम गरी सम्पर्कविहीन भएको निर्माण कम्पनीले दोस्रो पटक सम्झौता गरी […]

दुई पटकसम्म भाँचिएर अलपत्र परेको पुलको चार वर्षपछि निर्माण सुरु

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकाकाे बढीघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण कार्य चार वर्षपछि पुनः सुरु भएकाे छ । मुसिकोट नगरपालिका ७ देखि मुसिकोट २, ३ र ४ वडालाई जोड्ने पक्की पुल निर्माणकै क्रममा दुई पटकसम्म भाँचिएपछि काम राेकिएर वर्षाैँसम्म अलपत्र परेको थियो ।  दुई पटकसम्म भाँचिएको पुल निर्माणका लागि तेस्राे पटकमा डिजाइन परिवर्तन गरी निर्माण गर्न लागिएको हो । पुरानो निर्माण कम्पनीसँग सम्झौता रद्द गरी जलप नेपाल प्रालीले पुल निर्माणको काम ...

क्यानेश्वर – हरिवन सडक अन्तर्गत पर्ने क्यान खोलामा पक्की पुल निर्माण सुरु

सिन्धुली ।  सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ क्यानेश्वर स्थित क्यान खोलामा पक्की पुल निर्माणको काम सुरु भएको छ । बागमती प्रदेशको लगानीमा क्यानेश्वर–हरिवन सडक अन्तर्गत पर्ने क्यान खोलामा पक्की पुल निर्माण सुरु भएको हो । ८५ मिटर लम्बाई रहेको उक्त पक्की पुल मंगलवार(आज) एक कार्यक्रमका प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले शिलान्यास गरेसँगै पुल निर्माणको थालनी भएको छ […]

तटबन्धसहितको करिडोर निर्माण सुरु

नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाले डुबान र कटान नियन्त्रणलाई प्राथमिकता दिंदै झरही खोलामा तटबन्धसहितको करिडोर निर्माण थालेको छ।...

तटबन्धसहितको करिडोर निर्माण सुरु

नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाले डुबान र कटान नियन्त्रणलाई प्राथमिकता दिंदै झरही खोलामा तटबन्धसहितको करिडोर निर्माण थालेको छ।...

ठूलोखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण थालेको हो । आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर सुरुङ निर्माण गरिएको जानकारी दिए । “बन्दीघाटदेखि सुगरथलामा रहने बाँध निर्माणस्थलसम्म नौ किलोमिटर पहुँचमार्ग र छहरीमा बन्ने विद्युत गृह जोड्ने राहुघाट नदीमाथी ३७ मिटर लामो बेलिब्रिज निर्माण भएको छ”, उनले भने , “एक हप्ताभित्र बाँधतर्फबाट पनि सुरुङ खन्न सुरु गर्छौं ।”तीन हजार ६०० मिटर लामो सुरुङ र एक किलोमिटर पेनस्टक पाइपलाइन रहने आयोजनाको आउटलेटदेखि विद्युत गृहको उचाइ (हेडरेड) ४०० मिटर छ । एसएसएसएन साकुरा जेभी सिभिल ठेकेदार रहेको आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट गर्ने क्रममा रहेको आयोजना प्रमुख हमालले बताए ।कूल रु तीन अर्ब ५७ करोड लागत अनुमान गरिएको आयोजना सन् २०२३ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । नेपाल बैंकको अगुवाइमा अन्य बैंकले लगानी गरेका छन् । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा बस्तीदेखि टाढा रहेको आयोजनाको दुई वर्षअघिदेखि थालिएको पहुँचमार्ग निर्माण सकिएपछि बाँध, सुरुङ र विद्युत्गृहको कामले गति लिएको छ ।विद्युत्गृह निर्माणस्थलमा कटान रोकथामका लागि पर्खाल निर्माण गर्ने काम सकेर डिजाइन तयार पारिएको छ । राहुघाट नदीको बायाँतर्फबाट निर्माण भएको पहुँचमार्गलाई विद्युत्गृह र आउटलेट जोड्न राहुघाट नदीमा बेलिब्रिज बनाएको आयोजनाका जनसम्पर्क अधिकृत राम खत्रीले बताए ।यस आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका–३ अम्बाङमा निर्माण हुन लागेको १३२ केभी क्षमताको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । ठूलोखोला राहुघाटको सहायक नदी हो । विद्युत विकास विभागका अनुसार राहुघाट र सहायक खोलामा १४६.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् ।पाँच दशमलव पाँच मेगावाट क्षमताको एउटा आयोजनाले निर्माणको अनुमति मागेको छ । यस्तै २४.६५ मेगावाट क्षमताका तीन आयोजना सर्वेक्षणका क्रममा छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।तुदी पावर लिमिटेड प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना गत वर्षदेखि निर्माण सुरु भएको थियो । प्रवासी म्याग्देलीको अगुवाइमा मोना हाइड्रोपावर लिमिटेडले रघुगङ्गा–७ चिमखोलामा ५.५ मेगावाट क्षमताका बगरखोला जलविद्युत् आयोजनाको सर्वेक्षणको काम सकेर निर्माण सुरु गर्न विद्युत् विकास विभागमा अनुमति मागेको छ । बगरखोला पनि राहुघाटको सहायक नदी हो ।रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा कर्णाली हाइड्रो लिमिटेडले ४.७५ मेगावाट क्षमताको स्यानोखोला जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति लिएको छ । कुइनेमङ्गलमै ग्रिन माउन्ट इनर्जी लिमिटेडले ४.९० मेगावाट क्षमताको अपर ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले १५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका विद्युत् विकास विभागले जनाएको छ ।राहुघाट र सहायक नदीमा बन्ने जलविद्युत् आयोजना निर्माणलाई गति दिन मौवाफाँटदेखि दग्नाम, दर्मीजा, चिमखोला हँुदै कुइनेमङ्गले जोड्ने सडक निर्माणमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले जलविद्युत् आयोजनासँग साझेदारी गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

तल्लो मोदी जलविद्युत आयोजनाबाट व्यावसायिक उत्पादन सुरु

पर्वत – पर्वतको मोदी खोलामा निर्मित २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । निर्माण सुरु भएको नौ वर्षमा आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको हो । कुश्मा नगरपालिका–८ मा पावर हाउस र मोदी गाउँपालिका– ५ बाजुङमा ड्याम रहेको यो आयोजनाले गत सातादेखि नियमित उत्पादन सुरुवात गरेको जनाएको छ । तीन अर्ब […]

म्याग्दी खोलामा चार जलविद्युत् आयोजनाको निर्माण सुरु

म्याग्दी । जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी खोलामा १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माण सुरु गरिएका छन् । संसारको सातौँ अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी खोलामा दुई आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन् । थप दुई आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् । डाँडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन र राहुघाट […]

खन्या खोलामा बाँध निर्माण सुरु, बाढीको जोखिम कायमै

कञ्चनपुरको भीमदत्त नगरपालिका चुरे फेदीस्थित खन्याखोलामा निर्माण गरिएको बाँध बाढीले भत्काएपछि अस्थायी रूपमा बाँध निर्माण गर्न थालिएको छ । झण्डै तीन किलोमिटर स्थायी रूपमा निर्माण भएको बाँधको करिब पाँच सय मिटर क्षेत्रमा बाढीले बाँधलाई भत्काएपछि अस्थायी रूपमा बाँध निर्माण गर्न थालिएको हो । भीमदत्त नगरपालिकाले तीनवटा टिपर, एउटा जेसीबी र एउटा निजी स्काभेटर प्रयोग गरेर […]