हेटौंडामा मंगलबारबाट हुने अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको बताइएको छ । हेटौंडा उपमहानगरपालिका-४ परिजातपथस्थित कभर्ड हलमा पत्रकार सम्मेलनको आयोजना गरी मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीले प्रतियोगिताका सबै तयारी पूरा भएको जानकारी दिए ।