विभिन्न मितिमा चोरी भएका २१ ओटा सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच सवारी धनीलाई हस्तान्तरण गरेको छ । आज दिउँसो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले धनीलाई सवारी साधन हस्तान्तरण गरेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७९।०८० को श्रावण महिना र भदौ महिनाको मध्य सम्ममा दुई पाङ्ग्रे