काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले बलायरको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका हुन्। माध्यमिक शिक्षासँगै लिएका देउवा र बलायरले उच्च अध्ययनका लागि काठमाडौँ आएर १० वर्ष एउटै कोठामा बिताएका थिए। बिरामी बलायर पूर्वमन्त्री वीरबहादुर बलायरका जेठो दाजु हुन्।