ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सर्पले डसेर एक महिला घाइते हुनुभएको छ । सिदिङ्वा गाउँपालिका –३ आङ्खोप, डाँडाखर्ककी ५८ वर्षीया शिला राई सर्पले डसेर घाइते हुनुभएको हो ।
रुपन्देही । कपिलवस्तुमा सर्पले डसेर एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । मंगलबार राति सर्पले डसेर गम्भीर घाइते भएका बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका मोतीलाल क्षेत्रीका ३ र ८ वर्षीय दुई छोरीको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल मृत्यु भएको हो । वाणगंगा नगरपालिका वडा नं ९ का अध्यक्ष कमल पौडेलले राती अबेरसम्म […]
कपिलवस्तु । कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । मंगलबार राति सर्पले डसेर घाइते भएका बाणगङ्गा नगरपालिका– ९ भलवाडका उनीहरुको उपचारको क्रममा बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । भलवाड निवासी ३ वर्षीया रीतिका क्षेत्रीको बिहान र ८ वर्षीया इशिका क्षेत्रीको भने साँझ करिब ६ बजे मृत्यु भएको प्रादेशिक […]
शनिबार राति ९ बजेतिर सुनिल बरइको छोरा २ वर्षिय सुर्य बरई सर्पले टोकर घाइते भएका थिए। उपचारका लागि गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा लगीएको थियो।...
तुलसीपुरमा सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ । शनिबार सर्पले डसेपछि घाइते भएकी तुलसीपुर उपमहानगरपालिका १२ हरिपौरीकी १३ वर्षीया दक्षिना वलीको उपचारका क्रममा आइतबार मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
झापा : सीमा सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीलाई विषालु सर्पले डसेको छ। सर्पको डसाइबाट घाइते भएका सशस्त्र प्रहरी जवान २२ वर्षीय विवेक रजतको सर्पदंश उपचार केन्द्र चाराआलीमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए।
दक्षिणी झापाको कचनकवल गाउँपालिका ४ स्थित बयरवारिमा सीमा सुरक्षामा खटिएका जवान रजतलाई आइतबार बिहान ३ बजे विषालु सर्पले डसेको थियो। सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट केचना मातहत ११७र२४ नम्बरको सीमा पिलर सुरक्षाका लागि बनाइएको फरवार्ड पोस्टमा ती जवान खटिएका थिए...
बारा : बाराको निजगढमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ। निजगढ-६ का ५६ वर्षीय कृष्ण लामिछानेको सर्पले डढेर मृत्यु भएको हो। केराबारीमा घाँस काट्न खेतमा गएको बेलामा विशालु सर्पले डसेर लामिछाने गम्भीर घाइते भएका थिए।
घाइते लामिछानेको निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि नार...