झापा : सीमा सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीलाई विषालु सर्पले डसेको छ। सर्पको डसाइबाट घाइते भएका सशस्त्र प्रहरी जवान २२ वर्षीय विवेक रजतको सर्पदंश उपचार केन्द्र चाराआलीमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए।
दक्षिणी झापाको कचनकवल गाउँपालिका ४ स्थित बयरवारिमा सीमा सुरक्षामा खटिएका जवान रजतलाई आइतबार बिहान ३ बजे विषालु सर्पले डसेको थियो। सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट केचना मातहत ११७र२४ नम्बरको सीमा पिलर सुरक्षाका लागि बनाइएको फरवार्ड पोस्टमा ती जवान खटिएका थिए...