काठमाडौं । गण्डकी प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) आफैं छाप्ने भएको छ । गण्डकी प्रदेश सरकारले आज ५९ बुँदे साझा संकल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । सवारी चालक अनुमतिपत्र छपाइ प्रदेशबाट नै गर्ने गरी व्यवस्था मिलाउन सङ्घीय सरकारसँग सार्थक पहल गरिने सरकारले जनाएको छ । त्यस्तै, प्रदेश सरकारले […]
चितवन। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ड्राइभिङ स्कुल व्यवसायी, सरकार र सेवाग्राहीबीच समन्वय हुनुपर्ने बताएका छन् । शनिवार भरतपुरमा ड्राइभिङ स्कुल संघको पाँचौं केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै आपसी सहकार्य र समन्वयले भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार गर्न सकिने बताए । पछिल्लो समय ड्राइभिङ स्कुलले प्रशस्त रोजगारी दिँदै आएको बताउँदै यसलाई व्यवस्थित बनाउन आफू प्रतिबद्ध रहने बताए । ‘ड्राइभिङ स्कुलले शीप र रोजगारी दुवै सृजना गरेको छ,’ उनले भने, ‘अझ यसलाई व्यवस्थित र मर्यादित बनाउन सके यहाँ प्रशस्त रोजगारीको सम्भावना छ, ड्राइभिङ स्कुलबाट शीप, रोजगारीका साथै करमा समेत टेवा पुग्छ ।’
नारायणगढ–बुटवल सडकले हाल गति लिएको बताउँदै उनले यस सडक खण्डको अधिकांश काम पूरा भएको बताए । ‘जनताको चासो र गुनासोले निर्माण कम्पनीसँगको वार्ताले अहिले नारायणगढ– बुटवल सडकले गति लिएको छ,’ उनले भने, ‘नारायणगढ मुग्लिन सडक खण्डका अधिकांश पुल सञ्चालनमा आइसकेका छन् भने केही सडक सुधारका काम बाँकी छन् ।’ एक अर्को प्रसंगमा यातायातमन्त्री ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने समेत बताए । मन्त्री ज्वालाले भने, ‘ आज मात्रै ६ लाख कार्ड ल्याइएको छ भने अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छौं । लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौं ।’ उनले माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जाने बताए । अनुमति पत्र वितरणमा रहेको बेथिति कम गर्न सबै प्रक्रियालाई अनलाइन प्रणालीमा लगिन लागेको उनले बताए । ‘बायोमेट्रिक, लिखित र ट्रायल परीक्षा बाहेक सबै प्रक्रिया अनलाइन प्रणालीमा लग्दैछौं,’ उनले भने, ‘यसले विचौलियाको बिगबिगी र आर्थिक पारदर्शिता पनि कायम हुन्छ ।’