टोकियो ओलम्पिकः जर्मनीका संघर्षपूर्ण पहिलो जित

एजेन्सी। टोकियो ओलम्पिकको पुरुष फुटबलमा जर्मनीले साउदी अरेवियालाई ३–२ ले हरायो। जर्मनीका नादियम अमिरी, रेन्जर एच, फेलिक्स युडोओखाईले गोल गरे। साउदी अरेबियाको दुवै गोल सामी अल–नाजाईले गरे। जर्मनीका एमोस पिइपरले ६७औं मिनेटमा रातो कार्डको सामना गरे। जर्मनी समूह ‘डी’ को तेस्रो स्थानमा छ। समान चार अंक जोडेको ब्राजिल र आइभोरी कोष्ट क्रमशः पहिलो र दोस्रो स्थानमा छ।