काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
आज बसेको दोस्रो बैठकले प्रस्ताव स्वीकृत गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव राखेपछि सैद्धान्तिक छलफल भएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक बिहीबारका लागि बोलाइएको छ ।