धुलिखेल नगरपालिकाले कोभिड १९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ । होटल तथा पर्यटन व्यवसायले धुलिखेललाई महत्वपुर्ण योगदान दिदै आएको कारणले अप्ठ्यारो अवस्थामा कर छुट दिने निर्णय गरेको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले बताए । अघिल्लो बर्ष निषेधाज्ञामा होटल चल्न नसकेको भन्दै व्यवसाय कर मिनाह गरेको थियो ।