काठमाडौं । काठमाडौं उपत्यकामा प्रहरीले संकलन गरेको अक्सिजन सिलिन्डर स्वास्थ्य मन्त्रालयमा केन्द्रित गर्न थालिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्णय अनुसार नेपाली सेनाले उपत्यकामा संकलित सिलिन्डर मन्त्रालयमा केन्द्रित गरेको हो । प्रहरीले उपत्यकाका उद्योगधन्दा, वर्कशप, वेल्डिङ पसल र व्यक्तिको घरमा रहेका अक्सिजन सिलिन्डर संकलन गरिरहेको छ । ती सिलिन्डर स्वास्थ्य मन्त्रालयमा संकलन गरेर आवश्यक अस्पताललाई उपलब्ध गराइने बताइएको छ । महानगरीय प्रहरी परिसरको मातहतमा