'सेयरिङ लभ' नेपालद्वारा १५० विद्यार्थीलाई स्टेशनरी सामग्री प्रदान

सिन्धुपाल्चोकको श्री जाल्पा माविका विद्यार्थीलाई काठमाडौंस्थित युवा समूह 'सेयरिङ लभ नेपाल'ले स्टेशनरी र खेलकुद सामग्री उपलब्ध गराएको छ।...

सम्बन्धित सामग्री

छात्रालाई झोला र स्टेशनरी सामग्री वितरण

काठमाडौँ,२७ मँसिर । सप्तरीको बोदेबर्साइन नगरपालिकामा विद्यालय शिक्षाको पहुँचभन्दा बाहिर रहेका किशोरी अहिले औपचारिक शिक्षाका लागि नियमित विद्यालय जान थालेका छन् । विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीलाई विद्यालय शिक्षाको पहुँचमा पु¥याउन नगरपालिकाले विशेष पहल गरेपछि किशोरीहरु विद्यालय जान थालेका हुन् । नगरपालिकाले किशोरीलाई विद्यालय जाँदा पुस्तक, झोला र स्टेशनरी प्रदान गरेपछि […]

हिमालयन बैंकद्वारा ४८ विद्यार्थीलाई स्टेशनरी सामग्री प्रदान

काठमाडौँ – हिमालयन बैंकको नवलपरासीस्थित कावासोती शाखाले स्थानीय शिव नमुना माविमा अध्ययनरत निम्न आय भएका तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोगस्वरुप मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको ४८औं वार्षिकोत्सवको अवसर पारेर उक्त सहायता प्रदान गरेको हो। बैंकले उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई […]

त्रिवेणीका अग्निपीडितलाई राहत वितरण

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा वैशाख १३ देखि १६ गतेसम्म भएको आगलागीबाट पीडित परिवारलाई राहत प्याकेज सामग्री गरिएको छ । अरनिको मावि नुवागाउँमा बिहीवार गाउँपालिका वडा नं. २, ३ र ६ का ३६ घरधुरी अग्निपीडितलाई २५ लाख ४० हजार रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान प्रदान गरिएको हो । पीडितहरूलाई घरमा चाहिने विभिन्न उपकरण सहितको सुरक्षित बक्स, टेण्ट, बेड सेट, ब्लाङ्केट, किचेन सामान, तयारी कपडा, विद्यार्थीलाई स्टेशनरी सामग्री र राप्ती समाज युकेले पठाएको नगद प्रतिघर १५ हजार रुपैयाँको दरले वितरण गरिएको हो । राहत गोरखा ग्रूपका अध्यक्ष मानबहादुर बुढा, राप्ती समाज यूकेका सह–कोषाध्यक्ष हरिबहादुर बुढा लगायतको सक्रियतामा संकलन गरिएको थियो । राहत सहयोग गर्ने संस्थाहरूमा रोटरी क्लब अफ महाबौद्ध, रोटरी इन्टरनेशनल ३२९२ नेपाल–भुटान, रोटरी क्लब अफ दरबारमार्ग काठमाडौं, रोटरी क्लब अफ काठमाडौं मेट्रो, रोटरी क्लब अफ ब्रान्चबर्ग अमेरिका र रोटरी क्लब अफ महाबौद्धको माइक्रो क्रेडिट प्रोग्राम रहेका छन् । यस्तै रोटरी क्लब अफ विक्वर्ड ईङ्ल्याण्ड, लुथर वल्र्ड रिलिफ, राप्ती समाज यूके, गोरखा ग्रूप प्रालि र त्यसका ७ ओटा शाखा छन् । राहत वितरण कार्यक्रम त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीको अध्यक्षता तथा राहत संकलन समितिका संयोजक एवम् समाजसेवी मानबहादुर बुढाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । यसैबीच, राहत वितरण कार्यक्रममा आगलागीको निरन्तर रिपोर्टिङ गरी पीडित परिवारको शीघ्र व्यवस्थापन तथा पुनःस्थापनामा योगदान पु¥याएको भन्दै आर्थिक अभियानकर्मी माधवकुमार ओलीलाई प्रशंसापत्रले सम्मान समेत गरिएको थियो ।