गुल्मी – गुल्मीकाे इस्मा गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएकाे छ । अध्यक्षमा भगतसिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर विजयी हुनु भएकाे हाे ।
अध्यक्षमा खड्काले ५ हजार ५ सय ८९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर अर्यालले ५ हजार ४ सय ६४ मत प्राप्त गरेकोे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपाध्यक्षमा कुँवरले ५ हजार ९ सय ९ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी एमालेकी विमला खत्रीले ५ हजार १ सय २१ मत प्राप्त गर्नुभयाे ।
गुल्मीका १२ पाल...