काठमाडौं । फिल्मकर्मीले १७५ रुपैयाँमा एक लाखसम्मको बीमा गर्न पाउने भएका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र चलचित्र संरक्षण मञ्चबीच आवधिक बीमा योजनबारे सम्झौता भएको छ । सम्झौता पत्रमा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टीकाराम रखाल र इन्स्योरेन्स कम्पनीको तर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा […]