भरतपुर- पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचार-प्रसारको अभावमा ओझेलमा परेको छ। इच्छाकामना गाउँपालिका-५ मा पर्ने सो क्षेत्रमा गुरुङ समुदायको पुरानो बसोबास रहेको क्षेत्र हो। यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, गणेशलगायतका हिमश्रृङखलाको सुन्दर दृश्य देख्न पाइन्छ। मुग्लिन बजारबाट तामिन हुँदै आठ किलोमिटरको यात्रापछि सो स्थानमा पुग्न सकिन्छ। मुग्लिनबाट त्यहाँ पुग्न बोलेरो जीप दैनिक सञ्चालनमा […]