काठमाडौं : उपत्यकाका विभिन्न क्षेत्रमा चरणबद्ध रुपमा चोरी गर्ने सक्रिय गिरोह पक्राउ परेको छ। गत असार ६ गते नैकापको एक घरबाट गरगहना चोरेको आरोपमा पाँच जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।काठमाडौं अपराध अनुसन्धान कार्यालयले दोलखा घर भई काठमाडौं बस्ने नारायण श्रेष्ठ, लीला नारायण श्रेष्ठ, वीर बहादुर श्रेष्ठ र चोरीको सुन हो भन्ने थाहा हुँदा पनि खरिद गर्ने खोटाङ घर भइ टोखा बस्ने सौराज गजमेरलाई पक्राउ गरेको हो।उनीहरूले असार ६ गते, २ गते, र चैत १२ गते चोरी गरेका थिए। उनीहरूको साथबाट मोबाइल