एमसीसीको विरोधमा नेकपाले आयोजना गरेको विरोध सभामा सम्बोधनका क्रममा पानी पर्न थालेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले पानीलाई सहजै पचाइदिने बताए ।
‘देशको आकाशमाथि कालो बादल मडारिएको बेलामा, साम्राज्यवादीविरुद्ध लड्न तयार भएका मानिसहरू यस्तो पानी त सहजै पचाइदिन्छौँ,’ विप्लवले भने, ‘मलाई केही फरक पर्दैन ।’
नेकपाले सोमवार काठमाडौंको खुलामञ्चमा विरोध सभाको आयोजना गरेको छ । संसद बाहिर रहेका कम्युनिस्ट पार्टीका नेताहरूले सम्बोधन गरेका थिए । ...