काठमाडौं : ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ परेका छन्। अदालतका नायब सुब्बा प्रेमिका तामाङले आफूलाई लामिछानेले हातपात गरेको भन्दै उजुरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।पक्राउ परेका अधिवक्ता लामिछाने आज हिरासतमै रहनेछन्। आज सार्वजनिक बिदा भएकाले उनमाथि म्याद थपको लागि भोलि अदालतमा लाने तयारी प्रहरीले गरेको छ। मुद्दाको फाइल हेर्ने क्रममा सुरु भएको विवादमा लामिछानेले हातपात गरेको तामाङको दाब