बागलुङ : तमानखोला गाउँपालिकाका इञ्जिनियरलाई हातपात गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। तमानखोला गाउँपालिका १ का २९ वर्षीय महेन्द्र थापा र २८ वर्षीय होमलाल रोकालाई प्रहरीले नियन्त्रणमा लिएको हो। राष्ट्रसेवक कर्मचारीको कामकाजमा बाधा अवरोध सिर्जना गरेको तथा हातपात गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।तमानखोला गाउँपालिका १ मा रहेको बुद्ध आधारभूत विद्यालयको भवन निर्माणको विषयलाई लिएर उनीहरुले यही जेठ १४ गते गाउँपालिकाका इञ्जिनियर अर्जुनकुमार यादवलाई गालिगलौज गर्दै हातपात गरेका थि