१०७ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

काठमाडौँ उपत्यकामा बुधबार बिहान गरिएको  विशेष चेकजाँचका क्रममा १०७ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । जसमा कागजपत्र साथमा नबोकेका ७ जना र अवस्था ठीक नभएका सवारी साधन चलाउने १० जना गरी १७ जना पानी बोक्ने गाडीका चालक कारबाहीमा परेका हुन् । यसैगरी ट्राफिक नियम उल्लंघन गर्ने ८ वटा स्कुल बसका चालकलाई पनि कारबाही गरिएको छ । सवारीको अवस्था ठीक नराख्ने ३ जना, झ्यालमा डण्डी नराख्ने ३  जना र कागजपत्र साथमा नबोक्ने २ जना गरी ८ जना स्कुल बसका चालकहरू रहेका छन् । यो सँगै कागज

सम्बन्धित सामग्री

ट्राफिक प्रहरी कार्यालयमा इन्टरनेट अवरुद्ध हुँदा सेवा प्रभावित

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा इन्टरनेट सेवा अवरुद्ध भएको छ। इन्टरनेट अवरुद्ध भएपछि सेवा प्रभावित भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार इन्टरनेट सेवा अवरुद्ध भएका कारण विभिन्न कसुरमा कारबाहीका लागि खिचिएका कागजपत्र वितरणमा प्रभाव परेको छ।इन्टरनेट सेवा सुचारु भएर/नभएको जानकारी १०३ मार्फत लिएर मात्र कागजपत्र लिन जान सम्बन्धित सवारी चालक धनीहरूलाई कार्यालयले आग्रह गरेको छ।

विद्यार्थी सगँ ट्राफिक प्रहरी

स्याङ्जा । विद्याथीलाई ट्राफिक नियम सिकाउदै ट्राफिक प्रहरी स्याङ्जाका हरेक विद्यालयमा पुग्ने अभियान चलाएको छ । विद्यार्थी जिवनमै ट्राफिक नियम सिकाउदा दुर्घट्ना न्युनिकरणमा सहज हुने विश्वास लिएर स्याङ्जाको ट्राफिक प्रहरीले विद्यार्थीसगँ ट्राफिक प्रहरी अभियान सुरुवात गर्दै आएको छ । आर्थिक बर्ष २०७८/०७९ बाट शुरु गरिएको यो अभियानमा सवारी चालक, सवारी धनी, यात्रु हुदै अहिले विद्यार्थी […] The post विद्यार्थी सगँ ट्राफिक प्रहरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौँ,२० कार्तिक । ट्राफिक नियमको पूर्णपालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन यहाँ कार्यरत ट्राफिक प्रहरी सक्रिय रहेको छ । हिमाली क्षेत्रको कच्ची सडकमा चालक अनुमतिपत्र बिनाका व्यक्ति सवारीसाधन चलाउने कार्यमा सक्रिय हुन थालेपछि ट्राफिक प्रहरीले निगरानी बढाएको हो । पूर्णरूपको दक्षताबेगर सडकमा सवारी चलाउने व्यक्तिउपर ट्राफिक प्रहरीले बढाएको निगरानीबाट मानवीय संरक्षणमा मद्दत जनाइएको छ । चालु […]

दुर्घटना न्यूनीकरण गराउन निगरानी बढाउँदै ट्राफिक प्रहरी

रसुवा – ट्राफिक नियमको पूर्णपालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन यहाँ कार्यरत ट्राफिक प्रहरी सक्रिय रहेको छ। हिमाली क्षेत्रको कच्ची सडकमा चालक अनुमतिपत्र बिनाका व्यक्ति सवारीसाधन चलाउने कार्यमा सक्रिय हुन थालेपछि ट्राफिक प्रहरीले निगरानी बढाएको हो। पूर्णरूपको दक्षताबेगर सडकमा सवारी चलाउने व्यक्तिउपर ट्राफिक प्रहरीले बढाएको निगरानीबाट मानवीय संरक्षणमा मद्दत जनाइएको छ। चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म […]

कपिलवस्तु ट्राफिक प्रहरीले सवारी चालक चेकजाँच गर्दै

कपिलवस्तु । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले लामा दूरीको यात्रुबाहक बसमा २ जना सवारी चालक भए नभएको चेकजाँच सुरु गरेको छ । लामो दूरीको यात्रुबाहक बसमा एक जना मात्र सवारी चालक हुँदा चालक निदाएर सवारी दुर्घटना हुने जोखिम भएकाले चेकजाँच सुरु गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताउनुभयो । दशैंमा सवारी साधनको धेरै चाप […]

स्कुलबसका चालक ट्राफिक कारवाहिमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २ जना चालकलाई सोमबार कारवाही गरेको छ । सोमबार बिहान गरिएको चेकजाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन । चेकिङको क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ६ जना स्कुल बसका चालक समेत कारबाहीमा परेका छन् । मदिरा पिएर स्कुलका सवारी साधन […]

सडकमै पार्किङ: भन्दैनन् ट्राफिक प्रहरी, टेर्दैनन् चालक

सडकमै जथाभावी सवारी साधन पार्किङ गरिँदा पनि नजिकै रहेको ट्राफिक प्रहरीले न कारबाही गर्ने न त उनीहरुलाई सम्झई बुझाई गर्ने भएकाले ट्राफिक प्रहरीलाई सवारी चालकहरु टेर्नै छाडेका छन्।...

ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ

काठमाण्डाै – काठमाण्डौको कलङ्की खसीबजार नजिकै ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना चालक पक्राउ परेका छन् । ड्युटीमा खटिएका प्रहरी जवान गणेश ओझालाई एक सय रुपैयाँ घुस दिन खोज्ने ट्रक चालक भारतीय नागरिक मोकल्लोलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पार्किङ निषेधित ठाउँमा ट्रक पार्किङ गरेको कसुरमा कारबाही गर्न खोज्दा चालकले प्रहरी जवानलाई सय रुपैयाँ घुस दिन खोजेका थिए ।

ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ

काठमाण्डाै - ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ परेका छन् । हिजो बेलुका बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार वसन्तकुमार गौतमले ना ५ ख ९१२५ नम्बरको ट्रक चालक बाराका विजय चौधरीसँग कागज पत्र माग्दा उनले एक सय रुपैयाँ घुस दिन खोजेको ट्राफिक प्रहरीले जनाएको छ । उनलाई  पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा बुझाइएको प्रहरीले जनाएको छ । यस्तै बालाजुमै ट्राफिक प्रहरी जवान विवेक नकालले ना ५ ख ६५१४ नम्बरको ट्रक चालक मकवानपुरका अनोज मोक्तानसँग कागजात माग गर्दा दुई सय रुपै...

ट्राफिक प्रहरीले प्रतिनिधि नखटाउँदा चालक लाइसेन्सका सबै परीक्षा स्थगित

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र चाबहिलमा ट्राफिक प्रहरीले प्रतिनिधि नखटाउँदा सवारीसाधन चालक लाइसेन्सका सबै परीक्षा स्थगित गरिएका छन् । यातायात कार्यालयले सोमवार एक सूचना प्रकाशित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रतिनिधि नपठाउने जानकारी आएकाले अर्काे सूचना प्रकाशित नहुँदासम्मको लागि लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरिएको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले सोमवार काठमाडौं उपत्यकाभरि विभिन्न समूहका विरोधका कार्यक्रम तोकिएकाले १ दिनका लागि प्रतिनिधि पठाउन...