काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि करिब १ लाख २० हजार म्यादी प्रहरी भर्नाको तयारी गरिएको छ।स्थानीय चुनाव र अघिल्लो पटक भएको आम निर्वाचनलाई मद्देनजर गरेर अहिले करिब १ लाख २० हजार म्यादी प्रहरी भर्ना गरिने आँकलन गरिएको प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईले थाहा खबरलाई जानकारी दिए।उनका अनुसार आवश्यक म्यादी प्रहरीको यकिनका लागि नेपाल प्रहरीले जिल्लादेखि केन्द्रसम्म नै निर्वाचन सेल गठन गरी प्रक्रिया अघि बढाइएको छ। ती सेलले विश्लेषण गरेर आवश्यक म्यादी प्रहरी