काठमाडौं मोडल कलेज क्यूएए प्रमाणित

काठमाडौं । काठमाडौं मोडल कलेज गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए)बाट प्रमाणित भएको छ । विश्वविद्यालय अनुदान आयोगले मंगलवार कलेजलाई क्यूएए प्रमाणित गरेको हो । स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षण सिकाइको प्रवर्द्धन र वकालत गर्दै र त्यसअनुरूप आफ्ना शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको कलेजको दाबी छ । कलेजको व्यवस्थापन, जवाफदेहिता, क्षमता विकास, सूचना प्रविधिको प्रयोग, अनुसन्धान, पूर्वाधार विकास जस्ता महत्त्वपूर्ण पाटोलाई क्यूएएले मूल्यांकन गर्ने बताइएको छ । यी सबै मापदण्डमा सर्वोत्कृष्ट ठहरिएसँगै आयोगले क्यूएए प्रमाणित गरेको कलेजले जानकारी दिएको छ । ‘राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञको टोलीले विस्तृत तथा श्रृंखलाबद्ध अनुगमन र मूल्यांकनपछि आयोगले कलेजलाई क्यूएए प्रमाणित गरेको हो,’ कलेजका प्रमुख सुरेन्द्र सुवेदीले भने । उनले कलेजले पाएको उपाधिले थप उत्साहित र जिम्मेवार बनाएको बताए । ‘हामी विश्वस्तरीय व्यावहारिक शिक्षा प्रदान गरी अध्ययनका लागि विद्यार्थी विदेशिने प्रवृत्ति रोक्छौं,’ उनले भने, ‘दक्षिण एशिया लगायत अन्य मुलुकका विद्यार्थीलाई समेत आकर्षित गरी नेपाललाई शैक्षिक हब बनाउन भूमिका निर्वाह गर्छौं ।’ नेपालले २०६४ सालदेखि विश्वविद्यालय अनुदान आयोगमार्फत औपचारिक रूपमा विश्वविद्यालय तथा कलेजलाई क्यूएए प्रमाणित गर्न शुरू गरेको हो ।

सम्बन्धित सामग्री

आइडिया स्टुडियो नेपालका विभिन्न सिजनका उद्यमीहरूका उत्पादन सार्वजनिक

आइडिया स्टुडियो नेपालले आफ्ना विभिन्न सिजनका उद्यमीहरूको उत्पादन 'प्रोडक्ट लन्च' कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार काठमाडौं मोडल कलेज, बागबजारमा अपराह्न ४ देखि  ५ः३० बजेसम्म 'प्रोडक्ट लन्च' कार्यक्रम सञ्चालन गरिएको थियो ।

काठमाडौं मोडल कलेज विश्वविद्यालय अनुदान आयोगद्वारा क्यूएए प्रमाणित कलेज घोषित

नेपालको शैक्षिक क्षेत्रमा निरन्तर अब्बल शैक्षिक संस्थाको रूपमा परिचित बागबजारस्थित काठमाडौं मोडल कलेज गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) बाट प्रमाणित भएको छ ।

कोहीको बाथरुममा, कोहीको कोठामा मृत्यु

काठमाडौं । गएको सोमबार बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी) होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशील सहनी निकै बेर ननिस्केपछि ढोका फुटाएर हेर्दा उनी बेहोस अवस्थामा भेटिए । नजिकै काठमाडौं मोडल अस्पताल लगिएका उनको सोही दिन आईसीयूमा मृत्यु भयो । कक्षा ११ मा अध्ययनरत सहनीको मृत्युपछि उनका परिवारले कलेज व्यवस्थापनमाथि प्रश्न उठाएको छ । ‘होस्टल […]

काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने विद्यार्थीको मृत्यु

राजधानीको बागजबारस्थित काठमाडौं मोडल कलेज (केएमसी)को होस्टलमा बस्ने विद्यार्थीको मृत्यु भएको छ । होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशिल सहनी धेरै बेरसम्म ननिस्केपछि होस्टलका कर्मचारीले ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए ।सोमबार दिउँसो उनलाई उपचारका लागी काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसियुमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । सहनी ११ कक्षामा अध्ययनरत थिए । होस्टलको