नेकपा एमालेले सभामुख र निर्वाचन आयोगविरुद्ध हालेको रिट बेन्च बस्न नभ्याइनेमा परेको छ ।
शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काको इजलासमा पेशी तोकिएको भए पनि बेन्च बस्न नभ्याइएकोमा परेको हो ।
नेकपा एमालेले संघीय सांसदका १४ जना र लुम्बिनी प्रदेशका २ जनासहित १६ जना सांसदलाई कारवाही गरेको विषयमा सभामुख अग्निप्रसाद सापकोटा, लुम्बिनी प्रदेशका सभामुख र निर्वाचन आयोगविरुद्ध रिट दर्ता गरेको थियो ।