नेपाल प्राकृतिक स्रोत, साधन र सुन्दरताले भरिपूर्ण राष्ट्र हो । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महìवपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदामध्ये वन जङ्गल तथा यहाँभित्र पाइने अलौकिक तथा अद्वितीय जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको महìवपूर्ण स्थान रहेको छ । देशभित्र पाइने सूचीकृत करिब सात सय प्रजातिका जडीबुटीजन्य वनस्पति नेपाल र नेपालीका लागि मात्र होइन, समग्र जीवजन्तु, मानव जाति र विश्व समुदायलाई प्रकृतिको तर्फबाट अनुपम उपहारका रूपमा प्राप्त भएका छन् ।
अपार सम्भावना बोकेको महìवपूर्ण जडीबुटी र गैरकाष्ठ वन पैदावार देशको समग्र र समावेशी विकासका महìवपूर्ण साधन हुन् । बर्सेनि अर्बौं धनराशिका विभिन्न जडीबुटी र गैरकाष्ठ वन पैदावारहरू विदेश निकासी भइरहेको छ । देशका ग्रामीण एवं दुर्गम भेगका असङ्ख्य नेपालीको नगद आम्दानी एवं जीविकोपार्जनको प्रमुख आधार जडीबुटीको सङ्कलन तथा बिक्री वितरणबाट अर्बौं धनराशि आर्जन हुने गरेको छ । यसैमध्ये यार्सागुम्बा पनि एक महìवपूर्ण जडीबुटी हो । यार्सागुम्बालगायत अन्य महìवपूर्ण जडीबुटीको बिक्री वितरणबाट दार्चुला, जुम्ला, गोरखा, लमजुङ तथा डोल्पाजस्ता पहाडी जिल्लामा करोडाँै रुपियाँ बर्सेनि भित्रिने गर्दछ । अपार सम्भावना बोकेको जडीबुटी समग्र देशको विकासमा महìवपूर्ण साधन मात्र नभएर हाम्रो देशको सम्पत्ति तथा प्रकृतिले दिएको उपहार पनि हो ।
यार्सागुम्बा मात्र एउटा यस्तो जडीबुटी हो, जो जाडोमा कीरा र गर्मीमा घाँस बनेर रहने अनौठो प्रजातिको वनस्पति र जीवको मिश्रित रूप हो । यो आधा वनस्पति र आधा कीराजस्तो हुन्छ । यो शक्तिवर्धक र दुर्लभ बहुमूल्य जडीबुटीमा पर्दछ । यार्सागुम्बा हाम्रो देशको हिमाल र पहाडी जिल्लाको लेकाली खर्क, पाटन तथा माडीमा पाइन्छ ।