यार्सागुम्बा संकलनमा रोक लगाइए पनि पाटनभरि संकलक

जाजरकोट : डोल्पामा यार्सागुम्बा संकलनमा रोक लगाए पनि पाटनमा संकलकहरुको भीड लागेको छ।सर्वसाधारणहरु पाटनमा पुगेर यार्सागुम्बा संकलन गरिरहेका मुड्केचुला गाउँपालिका–८ का टेकबहादुर बुढाले बताए। उनले भने, ‘कमाउने र परिवार पाल्ने अर्को उपाय नभएपछि यार्सागुम्बा संकलन गर्न गएका छन्। रोगभन्दा भोक नै ठूलो रहेछ।’जगदुल्ला र फोक्सुण्डो गाउँपालिकाका छिन्दुली, ठूली पातल, बाहिर पुदुवा, ट्याङटुङे पाटनमा यार्सागुम्बा संकलन भइरहेको छ। जेठदेखि असारको पहिलो सातासम्म यार्सागुम्बा संकलन गरिन्छ। डोल्पा

सम्बन्धित सामग्री

ढुंगाले लागेर यार्सागुम्बा संकलकको मृत्यु

दार्चुलामा ढुंगाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा संकलकको मृत्यु भएको छ । अर्का एक संकलक घाइते भएका छन् ।

चट्याङबाट घाइते यार्सागुम्बा संकलक तीन दिनदेखि हिमाली भेगमै अलपत्र – देशसञ्चार

खलङ्गा – चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा सङ्कलकको उद्धार हुन सकेको छैन। उनीहरु तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन्। तीन

दार्चुलाको व्यासमा हिमपहिरो, यार्सागुम्बा संकलक बसेका त्रिपाल हिउँले पुरिए

दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरो गएको छ । आज दिउँसो गएको हिमपहिरोले यार्सागुम्बा संकलक बस्दै आएको त्रिपाल पुरिएको छ । यार्सागुम्बा संकलक बस्दै आएको त्रिपाल हिउँले पुरिएपछि केही व्यक्ति बेपत्ता भएको जानकारी प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरीदत्त भट्टले जानकारी दिए । उनको नेतृत्वमा सशस्त्र प्रहरीको […]

यार्सागुम्बा संकलकले फेला पारेका थिए दुर्घटनामा परेको जहाज

१६ जेठ, काठमाडौं । आइतबारदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । स्थानीय यार्सागुम्बा संकलक किसानमार्फत दुर्घटनाग्रस्त जहाजको तस्वीर प्राप्त भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अनलाइनखबरलाई बताए । आइतबार नेपाली सेनालाई मानापाथी हिमालको फेदीमा पहिरो गइरहेको स्थानमा आगो लागिरहेको देखेको भन्दै स्थानीयले खबर गरेका थिए । तर […]

हिमपातले बेँसी फर्किए यार्सागुम्बा संकलक

मनाङ – हिमाली जिल्ला मनाङमा हिमपात भएपछि औषधिजन्य जडीबुटी यार्सागुम्बा संकलनकार्य रोकिएको छ। हिमपात भएपछि खर्क पुगेका संकलक हाल बेंसी फर्किएका छन्। हिमपातका कारण यार्सागुम्बा संकलन गर्न नसक्ने अवस्था भएपछि बेँसी फर्किएको धादिङ रिहीका ४६ वर्षीय मिलन तामाङले बताए। ‘यार्सागुम्बा क्षेत्र भ्राताङ लेकमा हिउँ परेपछि संकलन गर्न नसकेर बेँसी झरेका हौँ,’ तामाङले भने। तामाङले नार्फूको […]

मनाङमा हिमपातले यार्सागुम्बा सकंलन रोकियो

मनाङ । औषधिजन्य जडीबुटी यार्सागुम्बा संकलन रोकिएको छ । हिमाली जिल्ला मनाङमा हिमपात भएपछि यार्सागुम्बा संकलनका लागि खर्कमा पुगेका संकलक फर्किएका हुन् । हिमपातले गर्दा यार्सागुम्बा संकलन गर्न सक्ने अवस्था नभएपछि बेँसी फर्किएको धादिङका मिलन तामाङले बताए । ‘मनाङमा पानी परेपछि भ्राताङ लेकमा हिउँ पर्दा यार्सागुम्बा सकंलन गर्न नसकेर बेँसीतर्फ फर्र्किएका हौँ, ठेक्कामा काम गर्न […]

मुगुम यार्सागुम्बा संकलन १५ जेठदेखि

मुगु-हिमाली जिल्ला मुगुको पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वनमा पाइने यार्सागुम्बा संकलन १५ जेठदेखि खुला हुने भएको छ । गाउँपालिकाका डोल्फु, चितै, रिउस, माग्री, किम्रीलगायत गाउँका स्थानीयको आम्दानीको मुख्य स्रोत यार्सागुम्बा नै हो ।सिजनको समयमा यहाँका बालबच्चादेखि बूढाबूढीसम्म यार्सागुम्बा संकलनका लागि जाने गरेका छन् । जिल्लाबाहिरबाट समेत संकलक तथा व्यापारी यहाँ आइपुग्छन् । यार्सा […]

मनाङवासीलाई यार्सागुम्बा संकलनको चटारो

मनाङ । स्थानीय तहको निर्वाचन सकिएलगत्तै मनाङवासीहरू यार्सागुम्बा संकलनका लागि खर्कतर्फ लागेका छन् । मनाङमा शुक्रवार सम्पन्न स्थानीय निर्वाचनको शनिवार नतीजा समेत सार्वजनिक भइसकेको छ ।  जिल्लाका चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । आइतवार नै मनाङका स्थानीयवासी  यार्सा संकलनका लागि खर्कतिर लागेको जिल्ला प्रशासन कार्यालय मनाङले बताएको छ । मनाङवासीको मुख्य आयस्रोत र मनाङको राजस्वको पनि महत्त्वपूर्ण स्रोतको रूपमा रहेको यार्सा संकलन यसअघि कोभिडका कारण २ वर्ष बन्द गरिएको थियो । उनीहरू जडीबुटी संकलनका लागि नार फु, नाम्के खर्क, खाङ्सार खर्क अहिले पुगिसकेका छन् । ‘स्थानीय तह निर्वाचनका लागि यार्सा टिप्न बन्द गरिएको थियो, मतदान पनि गरियो अब यार्सागुम्बा टिप्न खर्कतर्फ लागेका हौं,’ चामे गाउँपालिका–४ का स्थानीय जगबहादुर गुरुङले भने । उनले मनाङको विकासका लागि जनप्रतिनिधि चुन्न खर्क छोडेर आएको र मतदान सकेर पुन: खर्कतर्फ फर्किएको बताए । त्यस्तै गोरखा घर भई यार्सागुम्बा संकलन गर्न मनाङ पुगेका सोनाम गुरुङले सिजनमै संकलन गर्नुपर्ने भएकाले गाउँका सबैजसो मानिस खर्कतर्फ लागेको बताए । ‘समयमै यार्सागुम्बा संकलन नगरे पछि हराउँछ,’ उनले भने । स्थानीय तहको निर्वाचनमा सहभागी गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मनाङले गत वैशाख २५ देखि ३० गतेसम्म यार्सागुम्बा संकलन बन्द गराएको थियो । यार्सागुम्बा संकलन बन्द गरिएपछि जिल्लावासी आ–आफ्ना घर फर्किएका थिए । निर्वाचनमा सहभागी भएर पुन: यार्सागुम्बा संकलनका लागि उनीहरू मतदान सकिएको भोलिपल्टै खर्कतर्फ उक्लिएका हुन् । यार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकमा समितिमार्फत पूर्जी दिने निर्णय भएको थियो । बैठकको निर्णय बमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो परेको हो । यार्सागुम्बा संकलनका लागि जिल्लावासी मात्र नभएर बाहिरी जिल्लाबाट पनि खर्क आउने गर्दछन् । निर्वाचनमा सहभागी भएर मनाङवासीहरू यार्सागुम्बा संकलन गर्न खर्कतर्फ लागेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । उनका अनुसार यार्सागुम्बा संकलनमा निस्किएका मनाङवासीको सुरक्षाका लागि खर्कतर्फ पनि सुरक्षाको व्यवस्था गरिएको छ । यार्सागुम्बा संकलन गर्न पुर्जी काटिसकेका स्थानीय तथा बाह्य जिल्लाबाट आउने संकलनकर्तालाई सहज रूपमा खर्कतर्फ जान दिइएको आचार्यले बताए । यार्सागुम्बा संकलन नाम्केखर्कबाट शुरू भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार आउँदो असारको पहिलो हप्तासम्म यार्सागुम्बा संकलन गरिन्छ । यार्सागुम्बा संकलन अवधिभर नेपाल प्रहरीले आवश्यकता अनुसार नार, फुलगायत स्थानमा सुरक्षा प्रबन्ध मिलाउने तथा अन्य सुरक्षा निकायले सहयोग गर्ने गौतमले बताए । उनका अनुसार यार्सागुम्बा संकलनका लागि सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिको सिफारिश तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकामा दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपुर्जी दिन अनुरोध गरिएको छ । यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकले १० ओटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छोड्नुपर्ने प्रावधान छ । मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी संकलक र खरीद गर्न आउने व्यक्तिले अनिवार्य रूपमा कोभिड–१९ विरुद्धको खोप लगाएको परिचयपत्र (मोबाइलमा भए पनि खोपकार्ड) लिएर आउनुपर्नेछ । साथै प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ । यार्सागुम्बा तथा अन्य जडीबुटी संकलक तथा खरीदकर्तालाई स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड अपनाउन समेत अनुरोध गरिएको छ । विगत २ वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरीदविक्री गर्न नसक्दा जिल्लाको राजस्व पनि घटेको बताइएको छ । यस वर्ष भने सहज रूपमा जडीबुटी संकलन हुने भएकाले राजस्वमा वृद्धि हुने अपेक्षा गरिएको छ । रासस

अनुमतिबिनै यार्सागुम्बा संकलन

दार्चुला– दुधिवन, अपिफेद, सातगङगा चाइमेटलालगायत क्षेत्रमा स्थानीयवासीले अनुमतिबिना यार्सागुम्बा संकलन गरिरहेका छन् ।हरेक वर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा संकलनका लागि जेठ दोस्रो सातादेखि अनुमति दिने गर्छ । यस वर्ष यहाँका संकलक वैशाख दोस्रो साता नै संकलन क्षेत्रमा पुगेका व्यास गाउँपालिका–२ का नरेन्द्रसिह धामीले बताए । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका […]

हिमपातपछि घर फर्किँदै यार्सागुम्बा संकलक - Naya Patrika

यार्सागुम्बा टिप्न उच्च हिमाली क्षेत्रमा पुगेका संकलक एकाएक हिउँ पर्न थालेपछि घर फर्किएका छन् । दार्चुलाको व्यास गाउँपालिकाअन्तर्गतका दुधुवन र घलघस्या तथा अपी हिमाल गाउँपालिकाअन्तर्गतका चाइमटेला, लालुपाटन क्षेत्रमा गएका यार्सागुम्बा संकलक...पूरा पढ्नुहोस् »