प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका भीम रावल, घनश्याम भुसालसहितका पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । आज बसेको संसदीय दलको बैठकमा हस्ताक्षर अभियान चलिरहँदा पाँच सांसदले अस्वीकार गरेका हुन् । एमालेले प्रधान न्यायाधीशबिरुद्ध सत्ता गठबन्धनले महाभियोग दर्ता गरेपछि संसद विघटन बदर गरी गठबन्धनको माग अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमोदेश जारी गर्ने …