राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वाेच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा शुक्रबार आयोजित समारोहमा उहाँले सपथ लिनुभएको हो । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमु्ख र विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो । संवैधानिक परिषद्ले उहाँलाई गत वैशाख २५ गते नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका …