१५ असोज, राजविराज । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भाँसिदा आवतजावतमा समस्या भएको छ ।
साथै भारतसंग जिल्लालाई जोड्ने प्रमुख सो सडक वर्षाले पूर्ण रूपमा अवरुद्ध भएको छ …
जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीचको द्वन्द्वका कारण सेवा प्रवाहमा समस्या देखिएको राजविराज नगरपालिकाका आकस्मिक सेवाका साधन बिग्रेर थन्किएको छ । हावाहुण्डरी र आगलागीको सिजन सुरु भइसक्दा राजविराज नगरपालिकाका दुइटै वारुणयन्त्र बिग्रेर थन्किएको हो ।
३६ वर्षमा चारपटक शिलान्यास भए पनि राजविराज बसपार्कको निर्माण कार्य अझै पूर्ण हुन सकेको छैन । पटक–पटक स्थानीय जग्गाधनीको अवरोधका कारण ढिलाइ भएको निर्माणमा समस्या हुँदै आएकोमा अहिले ठेकेदारको ढिलाइका...
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका कार्यालय प्रमुख दुनियाँ लाल यादवले बालविवाह समाजको जटिल अवस्था रहेको बताएका छन् । बालिकाको शिक्षामा पहुँच तथा बालविवाह न्यूनीकरणका लागि परिकल्पना नेपाल सप्तरी, सामुदायिक सेवा केन्द्र,जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको संयुक्त आयोजनामा शनिबार राजविराज नगरपालिका वडा नम्बर १ मा आयोजित दबाबमूलक र्याली तथा पौष्टिक पिटो वितरण कार्यक्रममा सो कुरा बताएका हुन्। बालविवाहको कारण […]
सप्तरी– राजविराज नगरपालिकाको मुख्य सडकमा रहेका फुटपाथ पसल तथा ठेला हटाउने अभियान सुरु राजविराज नगरपालिकाले शुक्रबारदेखि सुरु गरेको छ । सडक छेउछाउमा ठेला तथा अस्थायी पसल राखेर फुटपाथ अतिक्रमण गरेपछि नगरपालिकाको अग्रसरतामा सडक फराकिलो बनाउने अभियान सुरु गरिएको हो । सडक अतिक्रमण गरी राखिएका ठेला तथा पसलका कारण पैदलयात्रीलाई आवतजावतमा समस्या भएपछि नगरपालिकाले अभियान सुरु […]
सप्तरीको कञ्चनपुर-राजविराज जोडने सडक खण्ड अन्तर्गत मैनाकडेरीमा रहेको पक्की पुल । पुल बनेको लामो समय भए पनि पुललाई सडकसँग नजोडीएका कारण स्थानीयलाई आवतजावतमा समस्या हुने गरेको छ । तस्बिर – अरुण कुमार यादव, रासस
राजविराज, १७ कात्तिक । दुई साताअघि आएको बाढीले बेल्ही–मल्हनिया सडक खण्डको पक्की पुल भत्काएपछि अहिले आवतजावतमा समस्या हुने गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाअन्तर्गत बेल्ही–मल्हनिया सडक खण्ड जोड्ने जीर्ण भइसकेको पुल बाढीले भत्काएपछि पूर्ण रुपले आवागमन ठप्प भएको हो । यही कात्तिक १ गतेदेखि तीन दिनसम्म भएको अविरल वर्षाका कारण आएको बाढीले उक्त पुल […]
ढल निकासको उचित व्यवस्था नभएका कारण सामान्य झरी परेको बेलामा पनि सप्तरीको राजविराज नगरपालिका क्षेत्रका सडक डुबानमा पर्ने गरेका छन् । सडक डुबानका कारण नगरवासीलाई आवतजावत गर्न समस्या हुने गरेको छ । राजविराज नगरपालिकाको विकास कार्यले गति लिन नसक्दासमेत यहाँका सडक वर्षायाममा डुबान हुने गरेको पाइन्छ । मुलुककै पहिलो टाउन प्लानिङ सहरका रुपमा रहेका राजविराज नगरपालिका भारतको गुलाबी नगरले चिनिएको जयपुरको नक्सामा आधारित भएर यसको विकास गर्ने लक्ष्य लिएको थियो । विसं २०१६ मा घोषणा भएको राजविराज नगरपालिक
सप्तरी, राजविराज । निर्माणाधीन हुलाकी सडकको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा सडकखण्डमा खाल्डाखुल्डी र हिलोले समस्या परेको भन्दै बिहीबार स्थानीयवासी र सवारीचालकले चक्काजाम र सडकमै धान रोपेर बिरोध जनाएका छन् । निर्माण कम्पनीको ढिलासुस्तीले सुख्खायाममा धूलो तथा वर्षायाममा हिलोका कारण पैदल, साइकल यात्रु, मोटरसाइकल र टेम्पुलगायतका यात्रु र सवारीधनी समस्यामा परेपछि चक्काजाम र सडकमै धान रोपेर […]
The post सडकमै धान रोपाई गरेर विरोध appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.