अमेरिकाले दिएको २५ लाख कोरोना भाइरस विरुद्धको खोप पाकिस्तानलाई प्राप्त
अमेरिकाले दिएको कोरोना भाइरस विरुद्धको २५ लाख खोप पाकिस्तान आइपुगेको छ ।
अमेरिकाले पाकिस्तानलाई मोडेर्ना खोप उपलब्ध गराएको हो । यो खोपले पाकिस्तानमा फैलिएको कोरोनाभाइरसको महामारी
काठमाडौं– भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । खोप लगाएका तीन करोड बालबालिकाहरू १२ देखि १४ वर्षसम्मको उमेरको रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा १२ देखि १४ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन गत मार्च १६ देखि सुरु गरिएको हो । कोरोना भाइरस विरुद्धको खोप […]
कोपेनहेगन । डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित गरिएको छ । गत फेब्रुअरीका कोरोना भाइरस नियन्त्रण सम्बन्धी व्यवस्थाहरू हटाएको डेनमार्कले अहिले खोप अभियान नै स्थगित गरेको हो । कोरोना भाइरसको महामारी कम हुँदै गएपछि सरकारले त्यसको नियन्त्रणका लागि अपनाइने उपायहरू लागू गर्नु नपर्ने ठहर गरेको हो । स्वास्थ्य मन्त्रालयले खोप गराएकाहरूको सङ्ख्या अत्यधिक भइसकेको […]
भदौ २८, टोकियो (जापान) । जापानले नेजल स्प्रेबाट दिइने कोरोना भाइरस विरुद्धको खोप विकास गरिरहेको छ ।
त्यहाँको मेई विश्वविद्यालयका वैज्ञानिकहरुले नेजल स्प्रेमार्फत दिन सकिने कोरोना भाइरस विरुद्धको खोप विकास गरिरहेका छन् ।खोप विकासबारे विकास कार्यक्रममा संलग्न विश्वविद्यालयका संक्रामक रोग नियन्त्रण तथा औषधि विभागका प्राध्यापक तेसुया नोजाकाले बताएका हुन् ।
यस विधिबाट खोप लगाउन सुइले घोच्नु पर्दैन । खोपलाई नाकको दुबै प्वालमा स्प्रे गर्न सकिन्छ । यस विधिबाट लगाइएको खोपले पनि उपयुक्त स्तरमा एन्टीबडी उत्पादन गर्ने नोजाकाले बताएका छन् ।
सो खोप सन् २०२० को मार्चदेखि बनाउन थालिएको हो । बूष्टर मात्राको रुपमा प्रयोग गर्न मिल्ने यस खोपलाई कम्तिमा ६ महीनासम्म भण्डारण गरेर राख्न सकिनेबताइएको छ ।
जनावरहरुमा शुरुआती चरणमा गरिएको परीक्षणले सकारात्मक नतिजा देखाएको छ । खोपको प्रभावकारिताले आफूहरु नै अचम्मित बनेको नोजाका बताउँछन् ।अहिले प्रयोगमा आइरहेका खोपहरु जस्तो यो खोप लगाएपछि ज्वरो आउने जस्ता साइड इफेक्टहरु देखिंने सम्भावना पनि अति नै कम भएको बताइएको छ ।
खोपलाई जापानमा मात्रै नभएर विश्वभर सकेसम्म छिटै प्रयोगमा ल्याउने विकासकर्ताहरुको चाहना छ ।
यो खोप दुई वर्ष भित्र प्रयोगमा आउने अपेक्षा गरिएको छ । सुईबाट खोप लगाउने डर लाग्ने वा ट्राईपानोफोयिबा (सुईदेखि डर लाग्ने रोग) भएकाहरुलाई यो खोपले राहत दिनेछ । एजेन्सी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाउने खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको आग्रहमा शुक्रबारदेखि खोप लगाउन सुरु गरेको अस्पतालले जनाएको छ। सरकारको कार्यक्रम अनुसार अस्पतालले उक्त खोप आइतबारसम्म लगाउनेछ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
मोदीले कोरोना विरुद्धको पहिलो खोप लगाएको भारतीय पत्रिका द हिन्दुले जनाएको छ ।