सुर्खेत । नेकपा माओवादी केन्द्रका नेताहरू कर्णाली प्रदेशलाई आफ्नो आधार इलाका भन्दछन् । यद्यपि, निर्वाचनमा माओवादीले आफ्नो आधार इलाकामै पनि अन्य दलसँग तालमेल गर्ने गरेको छ । संघीयतापछि दुई वटा स्थानीय तहका निर्वाचन र एउटा राष्ट्रिय निर्वाचन भइसकेको छ । माओवादीले यी निर्वाचनमा कुनै न कुनै दलसँग तालमेल गरेकै पाइन्छ ।०७४ को राष्ट्रिय चुनावमा नेकपा एमालेसँग वाम एकता गरेर चुनावी मैदानमा होमिएको माओवादीले खासै फाइदा लिन सकेन । बरु एमालेले वाम गठबन्धनको फाइदा लिन सफल भयो । एमालेसँग मिलेर जाँदा १२ वटा प्